Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

हुलाक कार्यालय म्याग्दीकाे चिठ्ठी/ पत्र लेखन प्रयोगिता

म्याग्दीको जिल्ला हुलाक कार्यालयले सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवा झनै प्रभावकारी बनाउन माध्यमिक विद्यालय स्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगिता आयोजना गरेको छ ।

Advertisement

‘हाम्रो म्याग्दी हुलाकलाई कसरी राम्रो हुलाक बनाउन सकिन्छ’ शिर्षकमा आगामी भदौ १५ गतेगतेसम्म जिल्ला हुलाक कार्यालय,अतिरिक्त हुलाक कार्याल तथा पालिका हुलाक कार्यालयमा दर्ता गर्नुपर्ने कार्यालय प्रमुख रमेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट आएको सूझावलाई समेत प्रयोग गरी सेवाहरु थप प्रभावकारी बनाईछ ।

Advertisement

प्रतियोगिताको उदेश्य आधुनिक सूचना प्रविधिको युगमा हुलाक सेवालाई विश्वसनीय बनाउने, विद्यार्थीहरुलाई हुलाक टिकट तथा चिठ्ठीको महत्व बुझाउन, चिठ्ठी लेखन सिप र सिर्जनशिलताको विकास गर्न रहेको छ । उत्कृष्ट चिठ्ठीपत्रलाई स्थानीय पत्रपत्रिका तथा अनलाइनमा प्रकाशन गरी विद्यार्थीलाई प्रोत्साहन गरिने छ ।

८ सय शब्दमा नेपाली भाषामा कक्षा ९–१२ सम्मका विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । प्रतियोगिले १० को हुलाक टिकट टाँसी हुलाक कार्यालय मार्फत हस्तलिखित चिठ्ठी पठाउनुपर्ने छ । प्रतियोगितामा प्रथम हुनेले ७५ सय, द्धितिय ४ हजार र तृतिय २५ सय रुपैयाँ र प्रमाणपत्र रहेको छ ।यो प्रतियोगिताले सूचना र प्रविधिको युगमा नयाँ पुस्तालाई परम्परागत सूचनाको शैलीको ज्ञान समेत प्रदान हुने विस्वास गरिएको छ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!