Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

हुलाक कार्यालय म्याग्दीकाे चिठ्ठी/ पत्र लेखन प्रयोगिता

म्याग्दीको जिल्ला हुलाक कार्यालयले सूचना प्रविधिको उच्चतम प्रयोग भइरहेको वर्तमान परिवेशमा हुलाक सेवा झनै प्रभावकारी बनाउन माध्यमिक विद्यालय स्तरीय चिठ्ठी÷पत्र लेखन प्रतियोगिता आयोजना गरेको छ ।

Advertisement

‘हाम्रो म्याग्दी हुलाकलाई कसरी राम्रो हुलाक बनाउन सकिन्छ’ शिर्षकमा आगामी भदौ १५ गतेगतेसम्म जिल्ला हुलाक कार्यालय,अतिरिक्त हुलाक कार्याल तथा पालिका हुलाक कार्यालयमा दर्ता गर्नुपर्ने कार्यालय प्रमुख रमेश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताबाट आएको सूझावलाई समेत प्रयोग गरी सेवाहरु थप प्रभावकारी बनाईछ ।

Advertisement

प्रतियोगिताको उदेश्य आधुनिक सूचना प्रविधिको युगमा हुलाक सेवालाई विश्वसनीय बनाउने, विद्यार्थीहरुलाई हुलाक टिकट तथा चिठ्ठीको महत्व बुझाउन, चिठ्ठी लेखन सिप र सिर्जनशिलताको विकास गर्न रहेको छ । उत्कृष्ट चिठ्ठीपत्रलाई स्थानीय पत्रपत्रिका तथा अनलाइनमा प्रकाशन गरी विद्यार्थीलाई प्रोत्साहन गरिने छ ।

८ सय शब्दमा नेपाली भाषामा कक्षा ९–१२ सम्मका विद्यार्थीहरुले सहभागीता जनाउन पाउने छन् । प्रतियोगिले १० को हुलाक टिकट टाँसी हुलाक कार्यालय मार्फत हस्तलिखित चिठ्ठी पठाउनुपर्ने छ । प्रतियोगितामा प्रथम हुनेले ७५ सय, द्धितिय ४ हजार र तृतिय २५ सय रुपैयाँ र प्रमाणपत्र रहेको छ ।यो प्रतियोगिताले सूचना र प्रविधिको युगमा नयाँ पुस्तालाई परम्परागत सूचनाको शैलीको ज्ञान समेत प्रदान हुने विस्वास गरिएको छ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP