२०८२ माघ २२
February 4, 2026, Wednesday

म्याग्दीमा पहिलो पटक विद्युत वितरण प्रणालीको स्तरोन्नतीलाई दश करोड बजेट

बेनी । संघीय सरकारका उर्जा,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बिर’को पहलमा म्याग्दीमा पहिलोपटक विद्युत विरतण प्रणालीको स्तरोन्नती हुने भएको छ ।राज्यमन्त्री गर्बुजाले जिल्लामा विद्युत आपुर्तिलाई नियमित र भरपर्दो बनाउन पहिलो पटक विद्युत वितरण प्रणाली स्तरोन्नी योजना संचालनका लागि दश करोड बजेट विनियोजन भएको जानकारी दिनुभयो । उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त भएसँगै उहाँले म्याग्दीमा अनियमित विद्युत आपुर्तिमा चासो दिनुभएको थियो ।

Advertisement

स्तरोन्नती पछि म्याग्दीमा विद्युत आपुर्ति नियमित र भरपर्दो हुनेमा विश्वास व्यक्त गर्नुभयो । ‘म्याग्दीमा अनियमित विद्युत आपुर्तिका कारण जिल्लाबासी मारमा पर्दै आएका छन् । जिल्लाबासीको समस्या समाधान गर्न वितरण प्रणालीमा सुधार गर्न बजेट व्यवस्थापन भएको छ । स्तरोन्नती भएपछि विद्युत आपुर्ति नियमित हुनेमा विश्वास लिएको छु ,’उहाँले भन्नुभयो ।जलविद्युत आयोजनाको हिसाबले देशकै अग्रणी स्थानमा भएतापनि म्याग्दी जिल्लामा विद्युत्को आपूर्ति भरपर्दो नभएकोमा उहाँको ध्यानाकर्षण हुँदै आइरहेको थियो ।

Advertisement

मन्त्रालयले वितरण प्रणाली स्तरोन्नतीलाई प्राथमिकता दिएर नेपाल प्राधिकरण मार्फत कार्यक्रम संचालन थालेको राज्यमन्त्री गर्बुजाको भनाइ छ । जिल्लामा विद्युत वितरण प्रणालीको स्तरोन्नतीका लागि ठूलो लगानीको आवश्यकता रहेकोमा हाल विनियोजित दश करोड बजेटबाट प्राथमिकताका आधारमा स्तरोन्नतीको योजना संचालन हुने उहाँले जानकारी दिनुभयो ।म्याग्दीबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका राज्यमन्त्री गर्बुजाले थप्नुभयो , ‘यसअघि २२० केभी क्षमताको कालिगण्डकी प्रसारण लाइन निर्माण भएपछि राष्ट्रिय प्रसारण गि«ड सँगको सम्पर्क सहज भएको छ । अन्तिम चरणमा पुगेको निर्माणाधिन १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन निर्माण समापन भएपछि प्रसारण क्षमता सुदृद हुन्छ । सोही बमोजिम मन्त्रालयले वितरण प्रणालीलाई प्राथमिकता दिएर नेपाल विद्युत प्राधिकरण मार्फत कार्यक्रम संचालन थालेको छ ।’’ उहाँले जिल्लाको दुर्गम गुर्जा बाहेकका केही बस्तीमा संचालित विद्युतिकरण विस्तार योजनालाई पुर्णता दिन बजेट प्रयोग हुने बताउनुभयो । भौगोलिक रुपमा दुर्गम बस्ती गुर्जामा विद्युत विस्तार योजना संचालनको लागि बजेट व्यवस्थापनको गर्ने गरी लागि परेको उहाँको भनाइ छ ।

म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत्लाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७,डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३,अम्बाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण अन्तिम चरणमा पु¥याएको छ । म्याग्दी जिल्लाको विद्युत् वितरण प्रणालीको स्तरोन्नति कार्य कार्यक्रम नै बनाएर सम्भवतः। अझै सम्म नभएकोले यो वर्षको स्विकृत कार्यक्रम ऐतिहासिक सुरुवात रहेको माननीय राज्यमन्त्रीका निजी सचिव इन्जिनियर विनोद शर्माले बताउनुभयो। उहाँका अनुसार, स्तरोन्नती आयोजना अन्तर्गत एलटी,एचटी लाइन निर्माण, ईन्सुलेटेड तार जडान ,तारको क्षमता विस्तार गर्ने ,ट्रान्सफर्मर थप जडान सहित क्षमता विस्तार गर्ने लगायत काम हुने छन् ।

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८२ भाद्र ८, आईतवार १६:४८

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०८२ भाद्र ८, आईतवार १६:४८

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०८२ भाद्र ८, आईतवार १६:४८

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP