निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) लगायतका संघ संगठनले निजी विद्यालयहरूले विद्यालय शिक्षा विधेयकबाट केही कुराहरु हटाउन माग गर्दै आएका छन् ।
यसै क्रममा प्याबसन म्याग्दीले पनि सोमबार (भदौ १६ गतेदखि) चरमबद्ध आन्दोलन गर्ने भएको छ । शुक्रबार प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनको अध्यक्षतामा बसेको बैठकले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित शिक्षा विधेयकको विरुद्धमा विभिन्न विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
बेनीमा १६ गते निजि विद्यालयका गाडीहरुलाई उपस्थित गराई कालो ब्यानर सहित दुई पटक बजार परिक्रममा गराउने, विरोधको ब्यानर सबै विद्यालयको गेटमा टाँस्ने, प्रधानाध्यापकहरुले विद्यालय काम गर्दा हातमा कालो पट्टी लगाउने लगायतका कार्यक्रमहरु गर्ने निर्णय गरिएको प्याब्सनका सचिव सन्दीप खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्याब्सन म्याग्दीले विद्यालय शिक्षा विधेयकबाट निजी विद्यालयलाई गैरनाफामूलक बनाउने वाक्यांश हटाउन माग गरेको छ । प्यब्सन केन्द्रले दिएको निर्देशन अनुसार हामीले पनि यहाँ त्यही अनुसार विरोधका कार्यक्रमहरु तय गरेका हौँ अध्यक्ष पुनले भन्नुभयो । माग पुरा नभए सम्म केन्द्रको निर्देशन अनुसारका कार्यक्रमहरु गर्दै जाने उहाँको भनाई छ । प्याब्सनले छात्रवृत्ति सम्बन्धी प्रावधानलाई यथावत राख्न र आन्दोलनको चेतावनी दिएको छ ।
हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १० प्रतिशत छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनुपर्ने उनीहरूको माग छ । छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने प्याब्सनले माग गरेको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



