२०८३ श्रावण ११
July 27, 2026, Monday

कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई प्रशिक्षण

नेपाली कांग्रेस म्याग्दीका नेता तथा कार्यकर्तालाई नेतृत्व विकास ,युवा ,रोजगार र क्षमता विकास सम्बन्धी प्रशिक्षण दिइएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रशिक्षण विभागकाको आयोजना र कांग्रेस म्याग्दीको प्रशिक्षण शाखाको व्यवस्थापनमा नेता तथा कार्यकर्तालाई एक दिने प्रशिक्षण दिइएको हो ।

Advertisement

प्रदेश सभा सदस्य सांसद समेत रहनुभएकी कांग्रेस गण्डकी प्रदेश कार्यसमिति उपसभापति , प्रशिक्षण विभाग प्रमुख कल्पना तिवारीको अध्ययक्षता र कांग्रेस म्याग्दीका कार्यवाहक सभापति तथा प्रशिक्षण शाखा संयोजक हरिकुमार श्रेष्ठको स्वागत एवं कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौड्यालको संचालनमा बेनी स्थित शिखर होटलमा एक दिने प्रशिक्षण कार्यक्रम संचालन भएको थियो ।

कार्यक्रममा जिल्ला स्थित पार्टीका नेता तथा कार्यकर्ता/जनप्रतिनिधि ,महाधिवेशन प्रतिनिधि ,महासमिति सदस्यहरु ,वडा इकाइ कार्यसमिति ,गाउँपालिका र प्रदेश सभा निर्वाचन क्षेत्र (क) र (ख)का पदाधिकारी लगायत नेता तथा कार्यकर्ताहरुको सभागिता रहेको थियो ।

कार्यक्रममा सहमहामन्त्री कोपिला रानाभाट , प्रदेश सभा सदस्य सांसद पार्वती तामाङ ,कांग्रेस प्रदेश कार्यसमिति सदस्य सिता काफ्ले लामिछाने ,प्रदेश कार्यसमिति महिला विभाग प्रमुख सकुन्तला शर्मा ,महाधिवेशन प्रतिनिधि तथा महासमितिको तर्फबाट कांग्रेस म्याग्दीका पुर्व सहसभापति नेत्रबहादुर महत ,कांग्रेस म्याग्दीका उपसभापति केवी भण्डारी ,रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष निर्मला श्रेष्ठ लगायतले पार्टी संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएर उर्जा ,जलस्रोत तथा सिंचाइ राज्यमन्त्री बनेपछि पहिले अन्य मन्त्रीको तुलनामा जिल्लामा धेरै बजेट भित्रिएकोले यसको सहि कार्यान्वयन गरी पुर्णता दिन सबैले ध्यान दिनुपर्ने उहाँहरुको भनाइ थियो ।

कांग्रेस नेतृत्वमा भएका राम्रा कामहरुको प्रचारप्रसार गर्न समेत आग्रह गरिएको थियो ।कांग्रेस म्याग्दीका सहसचिव श्रीराम पौड्यालका अनुसार, प्रदेश प्रशिक्षण विभाग उपप्रमुख डा. कुशुमाकर न्यौपानेले युवा ,रोजगार र क्षमता विकास सम्बन्धी तथा प्रशिक्षण विभाग सदस्य दिपेन्द्र पराजुलीले नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP