२०८२ माघ २२
February 4, 2026, Wednesday

लाल युवा क्लबको अध्यक्षमा पुन खगेन्द्र खत्री

म्याग्दीको मंगला गाउँपालिका १ पूर्णगाउँको लाल युवा क्लबको अध्यक्षमा पुन खगेन्द्र खत्री चयन हुनुभएको छ ।
सामाजिक संगै खेलकुद क्षेत्रका सक्रिय युवा क्लबको अध्यक्षमा तेस्रो कार्याकालका लागि पुन खत्रीको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो ।

गाउँमा भएको युवाहरुको भेलाले क्लबको उपाध्यक्षमा प्रवेश थजाली, सचिवमा भरत अर्मजा, सहसचिवमा क्रषिकेश तिवारी, कोषाध्यक्षमा कौशिला पुन चयन हुनुभएको हो ।

त्यस्तै सदस्यहरुमा दिपक बिक, पार्वत पाण्डे, निशा पुन, सुस्मिता पुन, रामकृष्ण खत्री र विनोद राम्जाली चयन हुनुभएको छ ।
उक्त भेलाले क्लबको विधान संसोधन गरेर दुई बर्षको कार्याकालका तिन बर्ष बनाएको छ । क्लबका गाउँमा हुने हरेक क्षेत्रका सामाजिक तथा खेलकुद क्षेत्रमा काम गर्दै आएको छ ।

Advertisement

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८२ कार्तिक २४, आईतवार ०६:५३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०८२ कार्तिक २४, आईतवार ०६:५३

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०८२ कार्तिक २४, आईतवार ०६:५३

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP