२०८२ फाल्गुन २३
March 7, 2026, Saturday

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको खेलकुद सप्ताह शनिवार विद्यालयको प्राङ्गणमा एक समारोहबीच समापन गरिएको हो ।

Advertisement

समापन समारोहलाई सम्बोधन गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष सुमन श्रेष्ठले विद्यालयले गरेको बृहत् र व्यवस्थित खेलकुद कार्यक्रम अत्यन्त सराह्रनीय भएको बताए । उनले न्यू वेष्ट पोइन्ट विद्यालयले जिल्लाको खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको बताउँदै आगामी दिनमा पनि जिल्ला खेलकुद विकास समितिबाट विद्यालयलाई आवश्यक सहयोग हुने प्रतिबद्धता जनाए ।

Advertisement

विद्यालयको अभिभावक शिक्षक संघकी अध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष विष्णुकुमारी रोकाले खेलकुद केबल मनोरञ्जन मात्र नभई जीवनलाई अनुशासित, स्वस्थ र ऊर्जावान् बनाउने अभ्यास रहेको बताइन् ।

यस वर्षको खेलकुद सप्ताहमा कक्षा ३ देखि १२ सम्मका करिब ७ सय विद्यार्थीले विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाएका थिएभने चेस, टेबलटेनिस, भलिबल, कराँते, तेक्वान्दो, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याभलिन थ्रोलगायत ट्र¥याक तथा फिल्डका खेलहरू समावेश गरिएको थियो । अभिभावकहरूका लागि पनि विशेष खेलकुद प्रतियोगिता गरिएको थियो ।

समापनसत्रमा मन्टेश्वरी र बालविकासका विद्यार्थीहरुले आकर्षक नृत्य र ड्रिल प्रस्तुत गरेका थिएभने तेक्वान्दो र कराँतेको काता प्रदर्शन तथा विद्यार्थीहरूको आकर्षक सांगितिक प्रस्तुतीहरू देखाइएको थियो । कार्यक्रममा खेल शिक्षक दिपेन राई र विद्यार्थीको तर्फबाट कक्षा ११ की छात्रा अनिशा थापाले मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा अधिकृत कमलप्रसाद ढकाल, वडा नं. ७ का वडा सदस्य सोहन श्रेष्ठ, गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, बेनी सामुदायिक माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक श्रेष्ठ, वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसनका संस्थापक तथा निर्देशकहरूको विशेष उपस्थिति थियो ।

कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका संस्थापक निर्देशक सुवासकुमार श्रेष्ठको अध्यक्षता, विद्यालयका प्रिन्सिपल डी.बी. दाहालको स्वागत र भाईस प्रिन्सिपल कृष्ण जिसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८२ कार्तिक २४, आईतवार ०८:०६

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८२ कार्तिक २४, आईतवार ०८:०६

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८२ कार्तिक २४, आईतवार ०८:०६

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP