२०८२ चैत्र २३
April 6, 2026, Monday

बेनी बचतको स्थापना दिवस तथा २४ औ साधारणसभा

म्याग्दीको सदरमुकाम बेनीमा संचालनमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औ स्थापना दिवस तथा २४ औ साधारणसभा सम्पन्न भएको छ ।

Advertisement

वि.स. २०५८ मंसिर २८ गते स्थापना भएको सहकारीको स्थापना दिवसको अवसरमा लोगो र विषेशांक सार्वजनिक भएको छ । यसैगरी गलेश्वरमा सञ्चालित जेष्ठ नागरिक आश्रमलाई रु. तीस हजार नगद सहयोग गरेको छ ।

Advertisement

रु. तीन करोड ७४ लाख १६ हजार एक सय सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा एक दशमलब शून्य आठ प्रतिशत बढी रु. एक अर्ब, ७३ करोड ४५ लाख ८० हजार चार सय २४ कारोबार गरेको छ ।

गत वर्षमा रु. ७८ लाख ३८ हजार तीन सय ३० खुद मुनाफा गरेको सहकारीले विभिन्न शिर्षकमा रु. ३५ लाख ७३ हजार चार सय ४० राजस्व तिरेको र विभिन्न योजना अन्तर्गत रु. ३७ लाख एक हजार सात सय ५२ व्याज तथा हर्जना छुट गरिएको अध्यक्ष सञ्जयकुमार श्रेष्ठले बताउनुभयो । गत वर्ष रु. ४१ करोड १९ लाख एक हजार दुई सय ९३ बचत संकलन र रु. ३६ करोड २० लाख ७८ हजार दुई सय ९२ ऋण लगानी गरेको कोषाध्यक्ष कमलप्रसाद श्रेष्ठले बताउनुभयो ।

खुद मुनाफाबाट १० प्रतिशत आयकर व्यवस्था गरी बाँकी मुनाफालाई स्वीकृत विनियम अनुसार २५ प्रतिशत जगेडा कोषमा छुट्टाई बाँकी रहेको कोष रकमबाट सहकारी ऐन अनुसार २५ प्रतिशत संरक्षित पँुजि फिर्ता कोषमा र शून्य दशमलब पाँच प्रतिशत सहकारी प्रर्वद्धन कोषमा छुट्टाई बाँकी रहन आएको रकमलाई शतप्रतिशत मानी अन्य कोषहरुमा बाँडफाँड गरी सम्बन्धित कोषहरुमा रकमान्तर गरेको साधारणसभामा जानकारी गराइएको थियो ।

साधारणसभामा गलेश्वर जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुनलाई सहयोग रकम रु. ३० हजार हस्तान्तरण गरिएको थियो । उत्कृष्ट कारोबारकर्ताका रुपमा संस्थागततर्फ बेनी खानेपानी उपभोक्ता संस्था र व्यक्तिगतमा माधवप्रसाद रेग्मीलाई सम्मान गरिएको छ । ७५ वर्ष नाघेका शेयर सदस्यहरुलाई बेनी बचत आजिवन साहरा कार्यक्रम अन्तरगत यस वर्ष नौ जनालाई रु. छ हजारका दरले जेष्ठ नागरिक भत्ता उपलब्ध गराइएको छ । दयासागर शर्मालाई जेष्ठ नागरिक सम्मान गरिएको छ ।

सेयर सदस्यका सन्ततीहरु मध्यबाट हरेक बर्षको एसईईमा उत्कृष्ट अंक ल्याउनेलाई सम्मान गर्ने, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ । ७० वर्ष मुनीका शेयर सदस्यहरुलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत विमा गर्दै आएको सचिव चन्द्रबहादुर घिमिरेले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि संस्थाका निवर्तमान अध्यक्ष रमेश गिरीले उत्कृष्ट दिगो सहकारी बनाउने लक्ष्यलाई मूल मन्त्र सम्झेर संस्थाले आफ्ना गतिबिधीहरु अघि बढाएको बताउनुभयो ।

Related News

टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
टेलिकमको कार्यालयभित्र हात हालाहाल, कसरी भयो झगडा ?
  • २०८२ मंसिर २९, आईतवार १६:३१

Advertisement नेकपा एमाले म्याग्दीका नेता तथा कार्यकर्ता र नेपाल टेलिकमको कार्यालय मर्मतमा खटिएका मजदुर बिचको विवाद अहिले सामाजिक सञ्जालमा भाइरल...

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी
  • २०८२ मंसिर २९, आईतवार १६:३१

वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ । यहाँस्थित डिभिजन...

जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
जिल्ला सभा : हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयनमा ल्याउन माग
  • २०८२ मंसिर २९, आईतवार १६:३१

 म्याग्दी जिल्लाले पाएको हिमाली जिल्लाको मान्यतालाई कार्यान्वयन गराउन माग गरिएको छ । विहिवार बेनीमा सम्पन्न जिल्लाको सभाको एघारौँ अधिवेशनले हिमाली...

TOP