२०८२ माघ २२
February 4, 2026, Wednesday

रघुगंगामा पहिलो चौमासिकको सार्वजनिक सुनुवाई सम्पन्न

म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०८२÷०८३ को पहिलो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले चालु आर्थिक बर्षको पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Advertisement

सार्वजनिक सुनुवाईमा सहभागीहरुले पालिका भित्र निर्माणधिन जलविद्युत आयोजनाहरुले मनपरी काम गरेको, सार्वजनिक उत्तर दाहित्वको रकम खर्च नगरेको, मौवाफाँटमा खेलमैदान स्तरउन्नती नगरेको, पूर्वाधारयुक्त बनाउन उपेक्षा गरिएको, आबश्यकता भन्दा बाहिर गएर खानेपानीका पाईप वितरण गरेको तर लाभग्राहीले खानेपानी नपाएको, बेगमा बन्ने भनेको स्वास्थ्य चौकी भवन अहिले सम्म बनाउनमा पालिकाले चासो नदिएको, महिला स्वास्थ्य स्वंमसेविकाहरुको सेवासुविद्यामा अन्योल सृजना गरेको, सडकको ट्रयाक खोलेको तर स्तरउन्नती नगरेको, पालिको केन्द्रमा मात्र सडक बस्ती जडान गरिएको तर अन्य टोलमा नगरिएको लगायतका गुनासो गरेका थिए ।

Advertisement

सार्वजनिक सुनुवाईमा आएका प्रश्नहरुको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकिय अधिकृत कुलराज पौडेल र स्वास्थ्य शाखा प्रमुखले जवाफ दिनुभएको थियो । पहिलो चौमासिकको प्रगति सार्वजनिक संगै सेवाग्राही, सर्वसाधारण र सरोकारवालाबाट गुनासा तथा प्रतिकृया संकलन गर्दै कार्यालयको कार्यसम्पादनलाई थप प्रभाबकारी बनाउन कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदैै गाउँपालिका अध्यक्ष भण्डारीले पालिकाले हाल सम्म विकासको आधार तयार गरेको बताउँदै हरेक बस्तीमा सडकको सञ्जाल पुग्नु, विद्यालयहरुको पूर्वाधार तयार हुनु, दुर्गम बस्तीहरुमा स्वास्थ्य इकाइ सञ्चालन लगायतका कामले नागरिकलाई विकासको आधारभुत पत्याभुति दिलाएको बताउनुभयो ।

उहाँले पालिका भित्र निमार्णधिन अबस्थामा रहेका जलविद्युत आयोजनाहरु संगको समन्वयमा त्यस आयोजनाबाट प्रभावित बस्तीमा जनताको आवश्यकता अनुसारको काम भएको बताउनुभयो । उहाँले संघ सरकार र प्रदेश सरकार संग समन्वय गरेर भगवती भेग सडक, गलेश्वर मौवाफाँट सडकका साथै अन्य सडकहरु हरेक बर्ष मर्मत गर्ने गरेको बताउनुभयो । उहाँले पालिका भित्रका हरेक बस्तीमा खानेपानीको पहुँच पुराउन र पुगेको बस्तीको पानीका योजनाहरु मर्मत संभारका लागि आवश्यक बजेट उपलब्ध गराएको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष भण्डारीको अध्यक्षता, नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष घनश्याम खड्का र कार्यसमिति सदस्य राकेश शर्माको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०८२ मंसिर ३०, सोमबार १६:०६

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०८२ मंसिर ३०, सोमबार १६:०६

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०८२ मंसिर ३०, सोमबार १६:०६

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP