२०८३ बैशाख १८
May 1, 2026, Friday

नगर सभाबाट बेनी नगरपालिकाको बजेट संसोधन

म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट संसोधन गरेको छ । बेनीमा सोमबार भएको १८ औ नगरसभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । गत असारमा भएको नगरसभाबाट कुल ७१ करोड ८० लाख २७ हजार बजेट बिनियोजन गरेकोमा गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट समावेश गरेर रु. ७३ करोड नौ लाख ६२ हजार कायम गरिएको नगर उपप्रमुख लामीछानेले बताउनुभयो ।

Advertisement

उहाँका अनुसार चालुतर्फ रु. ५३ करोड ७३ लाख ४५ हजारबाट बढाएर रु. ५३ करोड ८७ लाख नौ हजार नौ सय ९३ र पँुजिगत तर्फ रु. १८ करोड छ लाख ८२ हजारलाई संसोधन गरेर रु. १९ करोड २२ लाख ५२ हजार सात कायम गरिएको हो । थप ४३ वटा योजनाका लागि रु. एक करोड २८ लाख ८५ हजार र सात वटा आन्तरीक रोजगारी प्रर्वद्धन कार्यक्रम (प्रधानमन्त्री रोजगार)का लागि रु. १० लाख ५४ हजार बिनियोजन भएको छ । बेनीको खुल्लामञ्च स्तरोन्नतिका लागि थप रु. १५ लाख र मुख्यमन्त्री नवप्रर्वद्धन कार्यक्रमका लागि रु. सात लाख ६५ हजार बिनियोजन भएको छ ।

Advertisement

१० वटा वडा कार्यालयले सिफारिस गरेका योजनाहरुलाई थप रु. सात÷सात लाखका दरले बजेट बितरण भएको छ । रु. एक करोड ६३ लाख बजेटका ५० वटा योजना संसोधन भएको नगर प्रमुख सुरत केसीले बताउनुभयो । ३० प्रतिशत बजेट खर्च र आन्तरिक आम्दानीको ४३ प्रतिशत लक्ष्य हाँसिल आर्थिक वर्षको पाँच महिनाको अवधीमा कुल २९ दशमलब ९९ प्रतिशत बजेट खर्च भएको छ ।

चालुतर्फ रु. २१ करोड ८७ हजार पाँच सय ५० र पँुजिगत तर्फ रु. ५३ लाख तीन सय एक खर्च भएको नगरसभामा जानकारी गराइएको थियो । कुल रु. चार करोड ३३ लाख ५० हजार आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएकोमा रु. एक करोड ८७ लाख ५९ हजार तीन सय तीन राजस्व संकलन भई ४३ दशमलब २७ प्रतिशत लक्ष्य हासिल भएको छ ।

वडा कार्यालयले संकलन गर्ने राजस्वको आधारमा आन्तरिक आम्दानीको बजेट बिनियोजन गर्ने अभ्यास थालिएको नगर उपप्रमुख लामिछानेले बताउनुभयो । शिक्षा ऐन संसोधन नगर सभाले बेनी नगरपालिकाको शिक्षा ऐन, २०७४ लाई संसोधन गरेको । कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक चक्रबहादुर केसीले प्रस्तुत गर्नुभएको ऐनको पहिलो संसोधन गर्ने विधेयक सभामा सर्बसहमतिमा पारित भएको हो ।

नगर प्रमुख सुरत केसीले नगर शिक्षा समितिको सदस्यमा स्रोत व्यक्ति रहने व्यवस्था हटाएर शिक्षा क्षेत्रमा क्रियाशिल शिक्षाप्रेमी, विज्ञ, समाजसेवी, वुद्धिजिवी मध्यबाट एक जना महिला पर्ने गरि समितिले मनोनित गरेको तीन जना सदस्य रहने ब्यवस्था गरिएको जानकारी दिनुभयो । लेखा समितिका संयोजक यामबहादुर बानियाले प्रस्तुत गर्नुभएको रु. दुई करोड चार लाख १५ हजार दुई सय एक रुपैया ३० पैसा बेरुजु नियमित गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

रु. १६ करोड बेरुजु रहेको नगरपालिकाले कागजात र प्रमाण जुटाएर थप नौ करोड बेरुजु घटाउने प्रयासमा रहेको नगर प्रमुख केसीले सभाका सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । नगरसभा सदस्यहरुको तर्फबाट बेनी नगरपालिका–७ का विश्वास श्रेष्ठ (सोहन)ले राख्नुभएको नगरसभामा शून्य समयको ब्यवस्था गर्नुपर्ने प्रस्तावलाई आगामी सभामा कार्यान्वयनमा ल्याइने नगरप्रमुख केसीले प्रतिवद्धता जनाउनुभयो ।

अर्का नगरसभा सदस्य चन्द्रकान्त रिजालले गौस्वारामा कुटी निर्माणका लागि बिनियोजन भएको रु. १५ लाख बजेट संसोधन भएको विषयमा जिज्ञाशा राख्नुभएको थियो । धन्यवाद मन्तब्य व्यक्त गर्दै कार्यपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले नगरसभा र कार्यपालिकाका सबै निर्णयहरु सर्बसम्मत गरेर कार्यन्वयनमा लगिएको बताउनुभयो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८२ पुष १४, सोमबार १४:५३

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८२ पुष १४, सोमबार १४:५३

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८२ पुष १४, सोमबार १४:५३

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP