२०८२ फाल्गुन ८
February 20, 2026, Friday

छन्त्याल परिवार अस्ट्रेलियाद्धारा कुइनेमंगलेका ३४ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको रितुङ माविमा अध्ययनरत ३४ जना छन्त्याल विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको साझा संस्था सिपिएले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत म्याग्दी र बागलुङ करिब ६ सय विद्यार्थीलाई झोला, कपी र कलम वितरण गर्ने योजना अन्तरगत रितुङ माविबाट कार्यक्रम सुरु गरेको हो ।

Advertisement

सिपिएका अध्यक्ष बुद्धिमान घरब्जा छन्त्यालले म्याग्दी र बागलुङका छन्त्याल बस्तीमा रहेका विद्यालयहरुमा अध्ययनरत छन्त्याल विद्यार्थीहरुको तथ्यांक संकलन गरि शैक्षिक सामाग्री वितरण गर्न लागिएको जानकारी दिएका छन् । ‘हाम्रो डाटामा यी दुई जिल्लामा करिब ६ सय विद्यार्थी छन्, ति सबैलाई हामीले शैक्षिक सामाग्री वितरण गर्नेछौँ’, उनले भने, ‘पहिलो चरणमा २ सय ५० जनालाई र बाँकीलाई अर्को चरणमा वितरण गर्नेछौँ ।’ शनिबार नेपाल छन्त्याल संघ प्रारम्भिक समिति घ्यासीखर्कको समन्वयमा रघुगंगा गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् ।

Advertisement

विद्यार्थीलाई शैक्षिक सामाग्री विवतरण गर्दै र अध्यक्ष भण्डारीले विदेशमा आफ्नो श्रम गर्न पुगेका व्यक्तीहरुले आफ्नो समुदायका विद्यार्थीको शैक्षिक क्षेत्रमा सहयोग गर्ने प्रयास उदाहरणीय भएको बताए । ‘यस्तो दुर्गम बस्तीमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या कम हुदै गएका छन् ।

यस्ता कार्यक्रमहरुले विद्यार्थीको शैक्षिक सुधारमा टेवा पुग्नेछ’ उनले भने । रितुङ माविका प्रधानाध्यापक खिम बहादुर छन्त्यालले कतिपय विद्यार्थीहरुको आर्थिक हिसाबमा पनि कमजोर हुँदा, उनीहरुको नियमित पठनपाठन समेत प्रभावित हुने अबस्था विद्यार्थीहरुका लािग निकै उपयोगि हुने बताएका छन् । ‘यस्तो सहयोग अन्य समुदायका विद्यार्थीहरुलाई पनि आवश्यक रहेको हुदा अन्य सहयोगको पनि अपेक्षा गरेका छौँ’ उनले भने ।

उक्त सहयोग हस्तातरण कार्यक्रममा रघुगंगा आधारभुत विद्यालयका प्र.अ चन्द्रमान छन्त्यालको अध्यक्षता, शिक्षक नन्दबहादुर छन्त्यालको स्वागत र शिक्षिका दिपिका छन्त्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । सिपिएले तत्काल म्याग्दीको ठाडखानी, मलम्पार र बागलुङको विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने तयारी गरेको छ ।

Related News

‘समृद्ध म्याग्दी, सुखी म्याग्देली’को अभियान पूरा गर्न प्रतिबद्ध छौ : उम्मेदवार श्रेष्ठ
‘समृद्ध म्याग्दी, सुखी म्याग्देली’को अभियान पूरा गर्न प्रतिबद्ध छौ : उम्मेदवार श्रेष्ठ
  • २०८२ पुष १९, शनिबार १४:३५

नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले “समृद्ध म्याग्दी, सुखी म्याग्देली’’को सपना पूरा गर्न पार्टी र...

उम्मेदवार भण्डारीको उद्घोषः विभेद र छुवाछुत मुक्त र स्रोत,साधन,रोजगार तथा विकासले युक्त समृद्ध
उम्मेदवार भण्डारीको उद्घोषः विभेद र छुवाछुत मुक्त र स्रोत,साधन,रोजगार तथा विकासले युक्त समृद्ध
  • २०८२ पुष १९, शनिबार १४:३५

लोकतन्त्र प्राप्तिका लागि गरिएको आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण सहिदहरुलाई नमन तथा स्मरण गर्दै नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारीले...

अन्नपूर्णको पर्यटन र ग्रामिण सडक मेरो पहिलो प्राथमिकता उम्मेदवार भण्डारी
अन्नपूर्णको पर्यटन र ग्रामिण सडक मेरो पहिलो प्राथमिकता उम्मेदवार भण्डारी
  • २०८२ पुष १९, शनिबार १४:३५

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिदै जाँदा नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर (केवि)भण्डारीले मतदाता भेटघाट र...

TOP