२०८२ फाल्गुन १९
March 3, 2026, Tuesday

रघुगंगाको दुर्गम बस्ती ठाडाखानीका ४७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

छन्त्याल परिवार अस्ट्रेलिया (सिपिए)ले म्याग्दीको रघुगंगा गाउँपालिका–६ मा पर्ने दुर्गम बस्ती ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयका ४७ जना छन्त्याल विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यालयमा अध्ययनरत ४७ जना छन्त्याल विद्यार्थीहरुलाई झोला, कापि, कलम लगायतका शैक्षिक सामाग्री वितरण गरिएको हो ।

Advertisement

रोजगार र अध्ययनको सिलसिलामा अस्ट्रेलिया पुगेका छन्त्याल समुदायको साझा संस्था सिपिएले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत म्याग्दी र बागलुङ करिब ६ सय विद्यार्थीलाई झोला, कापी र कलम वितरण गर्न लागेको जनाएको छ ।
दुर्गम बस्तीका विद्यार्थीको शैक्षिक गतिविधिमा टेवा पुग्ने रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुजाले बताउनुभयो । विदेशमा पुगेर पनि आफ्नो ठाउँको शैक्षिक सुधारहोस् भनेर उहाँहरुले गरेको सहयोग अन्य समुदायका विद्यार्थीहरुका लागि पनि आगामी दिनमा सहयोग गर्न आग्रह गर्नुभयो ।

Advertisement

सिपिएका अध्यक्ष बुद्धिमान घरब्जा छन्त्यालले म्याग्दी र बागलुङका छन्त्याल बस्तीमा रहेका विद्यालयहरुमा अध्ययनरत छन्त्याल विद्यार्थीहरुको तथ्यांक संकलन गरि शैक्षिक सामाग्री वितरण गर्न सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार, ‘पहिलो चरणमा २ सय ५० जनालाई र बाँकीलाई अर्को चरणमा शैक्षिक सामाग्री सहयोग गरिनेछ । सिपिएले तत्काल म्याग्दीको ठाडखानी र बागलुङका केही विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्ने तयारी गरेको छ ।

उक्त सहयो हस्तातरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकजित छन्त्यालको अध्यक्षता, शिक्षक गोबिन्द गौतम, शिक्षक अभिभावक संघका अध्यक्ष धन बहादुरले बोल्नुभएको कार्यक्रमको संचालन दलमान छन्त्यालले गर्नुभएको थियो ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८२ पुष २७, आईतवार १४:५९

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८२ पुष २७, आईतवार १४:५९

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८२ पुष २७, आईतवार १४:५९

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP