२०८३ भाद्र २
August 18, 2026, Tuesday

म्याग्दीलाई गण्डकी प्रदेश सरकारबाट बजेटमा प्राथमिकता दिएको छ, अब पनि दिन्छ मुख्यमन्त्री पाण्डे


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशबाट म्याग्दीलाई बजेटमा प्राथमिकता दिएको बताउनुभएको छ । निर्वाचन आयोगबाट अनुमती लिएर नेपाली कांग्रेस म्याग्दीले रघुगंगा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गदैं मुख्यमन्त्री पाण्डेले म्याग्दीमा सडक, शिक्षा, खानेपानी लगायतका पूर्वाधारमा प्रदेश सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने बताउनुभयो । शुक्रबार रघुगंगा गाउँपालिकाको बेगखोला, भगवती र पिप्लेमा आयोजित आमसभालाई सम्बोधन गदैं मुख्यमन्त्री पाण्डेले म्याग्दीलाई विगतमा जस्तै आगामी दिनमा पनि बजेटमा प्राथमिकता दिने बताउनुभयो ।

Advertisement


‘म्याग्दीबाट माग भएका योजनाहरू अगाडी बढेका छन्, तपाईहरूको सक्रियता भइरहेका कामहरूमा मेरो सधै साथ हुन्छ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो । मुख्यमन्त्री पाण्डेले जिल्लाका गौरवका योजनाहरूमध्ये बेनी–दरबाङ–मुना हुदै जलजला जोड्ने, बेनी–पाखापानी सडकको बाँकी कालोपत्रे सहित जिल्लाका अन्य पालिकामा रहेका सडक सञ्जालमा प्रदेश सरकारबाट भइरहेको कामको लिष्ट लिएर आएको बताउनुभयो । ‘हामीले धेरै काम गरेका छौ, यहाँबाट निर्वाचित संघ र प्रदेश माननीयहरूको योगदान छ, पार्टीका साथीहरूले सिधै भेटेर दिनुभएको योजनाहरूमा मैले सक्ने सहयोग गरेको छु’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।


चुनावी कार्यक्रमा सहभागी हुने क्रममा मुख्यमन्त्री पाण्डेले आफ्नो नेतृत्वमा म्याग्दीमा सबै माग पूरा हुन नसकेपनि अति आवश्यक पूर्वाधार अन्तरगत बेनी–दरबाङ सडकखण्डको पखेरमा आवश्यक बेलिब्रिजको स्रोत सुनिश्चितता भएकाले निर्वाचन लगत्तै टेन्डर प्रकाशित हुने बताउनुभयो । म्याग्दीको विकासका लागि निर्वतमान प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाको सक्रियता र चासोको प्रशंसा गदैं मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारको योजनामा संघीय सरकारबाट विनियोजित बजेटले मध्यपहाडी राजमार्गको बैकल्पिक मानिने सडकलाई अगाडी बढाउन सहज भएको बताउनुभयो । मुख्यमन्त्री पाण्डेले म्याग्दीको विकासका लागि कांग्रेस उम्मेदवार कर्णबहादुर भण्डारीलाई विजय बनाउन आग्रह गर्नुभयो । ’कांग्रेस जेनजी आन्दोलनपछि फेरिएको छ, अब सभापतिको नेतृत्वमा सरकार बनाउन कांग्रेसलाई बहुमत चाहिन्छ, समानुपातिकमा पनि रुखमै भोट हाल्नुहोस्‘मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।


मुख्यमन्त्री पाण्डेले मुलुकको नेतृत्व गर्ने नेताहरूमा राजनीतिक ज्ञान र अनुभव आवश्यक हुनुपर्नेमा समेत जोड दिनुभएको थियो । उहाँले विश्वभर घटेका घटनालाई उदाहरण दिदैं सामाजिक सञ्जालमा पुराना र नयाँको नाममा भ्रामक सामग्री राखेर विभाजन ल्याउने र जनतालाई झुक्याउने प्रयास भएको भन्दै सचेत हुन समेत अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सभापति खमवीर गर्बुजा र प्रतिनिधिसभा सदस्यका उम्मेदवार केवी भण्डारीले जिल्लाको विकास र संसदमा कानुन निर्माणमा सक्रिय सहभागितासँगै जिल्लामा विकास ल्याउन गरी काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । आमसभामा नेपाली कांग्रेसका रघुगंगा गाउँकार्यसमितिका सभापति मनकुमार शेरपुञ्जा, रघुगंगा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले गाउँपालिकाभित्र निर्माणधिन अवस्थामा रहेका र थप बजेटका विभिन्न योजनामा बजेट माग गर्नुभएको थियो ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP