२०८२ फाल्गुन १८
March 2, 2026, Monday

जलविद्युतको अवरोध हटाउन र मोटरेबल पुललाई बनाउनुपर्नेमा जोड

मोटरेबल पुल निर्माणको विवादका कारण धवलागिरी गाउँपालिकाका सरोकारवालाहरुले दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजना बिहिबारदेखि बन्द गरेपछि समस्या समाधानका लागि सरोकारवाला निकायबीच छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । मालिका गाउँपालिका वडा नं.–५ र धवलागिरी गाउँपालिका वडा नं.–७ को सिमाना दाङखोलामा विगत ६ बर्षदेखि मोटरेबल पुल निर्माणकार्य अलपत्र परेपछि जनप्रतिनिधिसहितको टोलीले आयोजनाको काम ठप्प पारेपछि आइतबार जलविद्युत आयोजनाको कार्यालय दुखुबेसीमा आयोजित कार्यक्रममा आयोजना र मोटरेबल पुललाई बनाउन सबै सरोकारवाला एकजुट हुनुपर्नेमा जोड दिइएको थियो ।

Advertisement

जलविद्युत आयोजनाको कारण मोटरेबल पुल अलपत्र परेको भन्दै आन्दोलनरत स्थानीयसँगै प्रभावित क्षेत्रका जनप्रतिनिधिसँगको कार्यक्रममा धवलागिरी गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले दरवाङ–दाङखोला–धारापानीताकम–मुना– लुलाङ– गुर्जा सडक अन्तर्गत मोटरेबल निर्माण नहुदाँ गाउँपालिकाबासीलाई सास्ती भएको बताउनुभयो ।गाउँपालिकाको प्रवेशद्धारमै रहेको पुल अलपत्र पर्दा बर्खाको समयमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेकाले सम्वाद र सहकार्यबाट समस्या समाधान गर्ने तयार रहेको बताउनुभयो ।मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले गाउँपालिकाभित्र निर्माणधिन अवस्थामा रहेको जलविद्युत आयोजनालाई सहज बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो ।

Advertisement

अध्यक्ष गर्बुजाले बास्तविक समस्याको पहिचान गरी अबका दिनमा नियमित काम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा धवलागिरी गाउँपालिकाकी संस्थापक अध्यक्ष थमसरा पुन मगरले विगतमा भएका कमजोरीबाट पाठ सिकेर जनताको समस्या समाधानमा अब ढिला गर्न नहुने बताउनुभयो । मोटरेबल पुलको ठेक्का लिएको इन्द्रेणी–फेवा जेभी. पोखराले समेत कानुनी बाहना खोज्दै कामबाट पन्छिन नहुने बताउनुभयो । ‘अलपत्र पुललाई अगाडी बढाउन हामीले पनि निकै प्रयास गरेका थियौं, यहाँ ठेकेदारले पनि अनेक बाहना खोजेको देखिन्छ, मिलेर पुल बनाउनुहोस्’ पुनमगरले भन्नुभयो ।

त्यस्तै मालिका गाउँपालिकाका संस्थापक अध्यक्ष श्रीप्रसाद रोका मगरले पुलका कारण धवलागिरी क्षेत्रमा आफ्नो बारेमा गलत भ्रम फैलिएको बताउनुभयो । ‘पुल अलपत्रमा आयोजना, ठेकेदार र पूर्वाधार कार्यालयको समन्वयको अभाव देखिन्छ, धवलागिरीबासीलाई पुलबाट यात्रा गर्न वातावरण बनाउन प्रभावित क्षेत्रका बासिन्दाको पक्षमा छु’ रोकामगरले भन्नुभयो ।आन्दोलनरत पक्षहरुसँग छलफल गरी आयोजनाको अवरोध हटाउने र पुल बनाउने सुनिश्चितताका बारेमा धवलागिरी र मालिका गाउँपालिकाका पूर्व र वर्तमान जनप्रतिनिधि, सरोकारवाला निकायले सहजीकरण गर्ने प्रतिबद्धता जनाएका छन ।


धौलागिरि कालिका हाइड्रोका अध्यक्ष विनोद कुँवरले आयोजनाले एक्लै पुल बनाउन सम्भव नभएको बताउँदै निर्माँणकार्यमा आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । ‘पुलका बारेमा आन्दोलनरत पक्षसँग बसेर समस्या समाधान र बास्तविकताका बारेमा जानकारी गराउन तयार छौ,हामीले प्रभावित क्षेत्रका बासिन्दाको समस्यालाई सधै साथ दिन्छौ’ अध्यक्ष कुँवरले भन्नुभयो । अध्यक्ष कुँवरले आयोजनाको कारणले पुल बनाउन छोडेर ठेकेदार भागेको भन्ने तर्कमा सहमत हुन नसक्ने प्रष्ट आधारहरुसहित आन्दोलनरत पक्षसँग पुल निर्माणस्थलमै छलफलका लागि गाउँपालिकामार्फत सहजीकरण भइरहेको बताउनुभयो । पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको बाहनाको चपेटामा आयोजना परेकाले पुल बनाउन निर्माण ब्यवसायी आएमा आफ्नो तर्फबाट समेत सक्ने सहयाग गर्ने अध्यक्ष कुँवरको भनाई छ ।


पुर्बाधार बिकास कार्यालय म्याग्दी र इन्द्रेणी–फेवा जे.भी. पोखराबीच बि.स. २०७६ जेठ २२ गते एक करोड ९३ लाख २९ हजार चार सय ५७ मा ठेक्का सम्झौता भएको थियो । पूर्वाधार कार्यालयका प्रमुख डा. महेन्द्र बानियाँले ठेकेदारलाई पेश्की दिएको ३२ लाख धरौटीबाट फिर्ता गर्ने प्रक्रीया अगाडी बढाएपछि ठेकेदारले उच्च अदालत पोखरा बागलुङ इजलासको रिटमा मध्यस्तताबाट बिवाद समाधान गर्न आदेश दिएपछि हाल मुद्धा विचाराधिन अवस्थामा रहेको छ । यो पुल कानुनी प्रक्रियामै अल्झिएमा अझै लामो समयसम्म नबन्ने निश्चित भएपछि छोटो प्रक्रियाबाट पुलको निर्माणकार्य अगाडी बढाउनुपर्नेमा सरोकारवाला पक्षको जोड रहेको छ ।

Related News

म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
म्याग्दीमा एमालेको प्रतिस्पर्धा काँग्रेससँग हो– एमाले उमेद्वार श्रेष्ठ
  • २०८२ पुष २८, सोमबार ०३:१६

नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...

जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
जिल्लाको विकास र अहिलेको संकट समाधानका लागि काँग्रेसको जित आवश्यक ः भण्डारी
  • २०८२ पुष २८, सोमबार ०३:१६

बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...

जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
जलविद्युतमा प्रभावितलाई सेयर लगानीको अधिकारलाई सुनिश्चित बनाउने नेकपाका उमेद्वार थापाको प्रतिवद्धता
  • २०८२ पुष २८, सोमबार ०३:१६

नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...

TOP