बेनी बजार निवासी स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठको स्मृतिमा उहाँका छोरा, छोरी र बुहारीले रु. पाँच लाख राशिको पुतलीदेवी–लक्ष्मीप्रसाद क्षेष्ठ स्मृति प्रतिष्ठान स्थापना गर्नुभएको छ ।
सञ्जयकुमार–सानुहरी श्रेष्ठ, अजयमिलन–सृजना श्रेष्ठ, हृदयकुमार–पद्यामा श्रेष्ठ, सुनितादेवी–रामलाल श्रेष्ठ, धनञ्जयकुमार–सन्ध्या श्रेष्ठ र विनय–कल्पना श्रेष्ठले स्थापना गर्नुभएको कोषबाट हरेक वर्ष म्याग्दीको सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मान गरिने भएको छ ।
यस वर्ष म्याग्दी जिल्लाको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका शिक्षाप्रेमी समाजसेवी गोपालनारायण भट्टचन, भिमप्रसाद गौचन र शिवनारायण फगामीलाई अनिनन्दन गरिने मंगलबार कोषका संस्थापक श्रेष्ठ परिवारले घोषणा गर्नुभएको छ ।
नेकपा एमालेका म्याग्दीका प्रतिनिधीसभा सदस्यका उमेद्वार हरिकृष्ण श्रेष्ठले आफ्नो प्रमुख प्रतिस्पर्धी नेपाली काँग्रेस भएको बताउनुभएको छ । Advertisement ग्रामिण क्षेत्रका...
बेनी, १७ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेस म्याग्दीबाट प्रतिनिधीसभा सदस्यका उमेद्वार...
नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार अर्जुन थापाले म्याग्दीमा निर्माणाधिन र निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा प्रभावित क्षेत्रका बासिन्दाको सेयर लगानीको अधिकारलाई...



