Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

बेनी–रत्नेचौर–बागलुङ सडक सञ्चालनमा

अविरल वर्षाका कारण तीन दिनदेखि अवरुद्ध बेनी–रत्नेचौर–बागलुङ सडक सञ्चालनमा आएको छ । बेनीदेखि बागलुङसम्मका विभिन्न स्थानमा बाढीपहिरोले क्षति पुर्‍याएको सडक मर्मत तथा पहिरो हटाएपछि सोमबार साँझदेखि यातायात सञ्चालनमा आएको हो ।

Advertisement

सडक डिभिजन कार्यालय बागलुङले बेनी नगरपालिका २ खबरा,सिम,रत्नेचौर र बागलुङ खण्डमा खसेको पहिरो हटाएपछि सडक सुरुचारु भएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

Advertisement

बिरामी बोकेका एम्बुलेन्स र अति आवश्यक भएका सवारीसाधन आवतजावत गर्न मिल्ने गरी सडक सञ्चालन गरिएको उहाँले बताउनुभयो । सडकको विभिन्न स्थानमा अझै पनि हिलो जमेका कारण सहज भने नभएको उहाँको भनाइ छ ।

पहिरोका कारण बेनी–मालढुङ्गा सडक अवरुद्ध भएको समयमा बेनी–बागलुङ सडकलाई बैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने प्रजिअ आचार्यले बताउनुभयो ।

एक दर्जनभन्दा धेरै स्थानमा खसेको पहिरोका कारण कालीगण्डकी कोरिडोरको बेनी–मालढुङ्गा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडक आयोजनाले सडक मर्मत सम्भारको काम थालेको जनाएको छ ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!