
डोटी – डोटीकी एक महिला आठ दिनदेखि बेपत्ता भएकी छन्। जिल्लाको केआइसिंह गाउँपालिका ३ दल्लकी २४ वर्षीया रम्भादेवि ऐर बेपत्ता भएकी हुन्।
दसैंको ५ दिन अगाडि घरबाट स्थानीय बजारमा जान्छु भनेर हिडेकी रम्भा सोही दिनदेखि सम्पर्कमा नआएको उनका छिमेकी तारा ऐरले बताए। उनी बेपत्ता भएपछि खोजीकार्यका लागि आग्रह गरिएको र खोजी कार्यका लागि प्रहरी खटिएको छ। उनका एक ६ वर्षीय छोरा र तीन वषीया छोरी छन्। अहिले उनीहरु बिचल्लीमा परेका छन्।
उनलाई कही कतै कसैले देखे वा भेटेमा नजिकको प्रहरी चौकी तथा ९८६५९५२८१४ नम्बरमा फोन गर्न आफन्तले आग्रह गरेका छन्।
। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...
म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...
म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...