अछाम – आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई भयरहित बनाउन जिल्ला प्रशासन कार्यालय अछामले व्यक्तिसँग भएका हतियार बुझाउन आग्रह गरेको छ । इजाजत प्राप्त गरेका हातहतियारहरु आउँदो कात्तिक ५ गतेभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको छ ।
जरुरी सूचना जारी गरेर कार्यालयले आउँदो मङ्सिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचलनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गराउनका लागि हातहतियार बुझाउन भनिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रामदत्त पाण्डेले जानकारी दिए । प्रशासनले आफूसँग भएका हतियार नजिकको प्रहरी कार्यालयमा बुझाउन र निर्वाचन सम्पन्न भएको एक हप्तापश्चात् फिर्ता लैजान पनि आग्रह गरेको छ ।
बिना इजाजतका भरुवा तथा एयरगनहरु समेत नजिकको प्रहरी कार्यालयमा बुझाउन भनिएको प्रजिअको भनाइ छ । प्रशासनले जारी गरेको अत्यन्त जरुरी सूचनालाई अटेर गरेमा हातहतियार खोजतलास गरेर कानुनअनुसार कारबाही गरिने उल्लेख छ ।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...