२०८१ फाल्गुन ५
February 17, 2025, Monday

घर फर्कने क्रममा खाेलाले बगाउँदा अछाममा १ महिला बेपत्ता

अछाम – अछामकाे मंगलसेन नगरपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने तापिरवा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।

खाेलाले बगाउँदा मंगलसेन वडा नम्बर ११ गिटिखौलाकी ४४ वर्षीया सरस्वती रावल बेपत्ता भएकी प्रहरीले जनाएकाे छ । आज दिउँसाे २ बजेतिर बयलपाटाबाट घर फर्कने क्रममा उनलाई खोलाले बगाएको हो ।

अहिले नेपाल प्रहरी र स्थानीयवासीले कैलाश खोला क्षेत्र र तापिरवा खोला क्षेत्र वरपर बेपत्ताको खोजी गरिरहेकाे छ ।

Advertisement

Related News

माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
माओवादी घटक पार्टीहरुको ध्रुवीकरण, एकता र रुपान्तरणमा जोड
  • २०७९ आश्विन २१, शुक्रबार १८:२१

३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...

आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
आठ सय वर्ष पुरानो गुफाभित्रको लुरी गुम्बा ओझेलमा
  • २०७९ आश्विन २१, शुक्रबार १८:२१

मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...

पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
पन्ध्र हजार परिचयपत्र कार्यालयमै थन्कियो
  • २०७९ आश्विन २१, शुक्रबार १८:२१

बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...

TOP