२०८३ श्रावण ९
July 25, 2026, Saturday

सुदूरपश्चिममा कांग्रेसले टुंग्यायो उम्मेदवार

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारको टुंगो लगाएको छ । केन्द्रीय संसदीय समितिले प्रतिनिधिसभातर्फ यहाँका १६ मध्ये गठबन्धन गर्दा कांग्रेसको भागमा परेका नौ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । प्रदेशसभा सदस्यको भने टुंगो लागेको छैन ।

Advertisement

बैठकमा सहभागी एक नेताका अनुसार सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार उम्मेदवार बन्ने भएका छन् । देउवा ०४८ सालदेखि निरन्तर डडेलधुराबाटै चुनाव लड्दै र जित्दै आएका छन् ।

त्यस्तै, सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट उम्मेदवार बन्ने भएका छन् । हाल उद्योगमन्त्री रहेका दीलेन्द्रप्रसाद बडुलाई कांग्रेसले दार्चुलाबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै, अछाम–२ मा पुष्पबहादुर शाह, कञ्चनपुर–२ मा एनपी सावद, कञ्चनपुर–३ मा रमेश लेखक, कैलाली–१ मा रामजनम चौधरी, कैलाली–४ मा वीरबहादुर बलायर र कैलाली–५ मा डिल्लीराज पन्तलाई उम्मेदवार बनाउने निर्णय भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रदेशसभातर्फका उम्मेदवारको भने टुंगो लागिसकेको छैन ।

गठबन्धनमा सुदूरपश्चिम प्रदेशका १६ मध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति गरेका थिए ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP