Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

सुदूरपश्चिममा कांग्रेसले टुंग्यायो उम्मेदवार

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारको टुंगो लगाएको छ । केन्द्रीय संसदीय समितिले प्रतिनिधिसभातर्फ यहाँका १६ मध्ये गठबन्धन गर्दा कांग्रेसको भागमा परेका नौ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । प्रदेशसभा सदस्यको भने टुंगो लागेको छैन ।

Advertisement

बैठकमा सहभागी एक नेताका अनुसार सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार उम्मेदवार बन्ने भएका छन् । देउवा ०४८ सालदेखि निरन्तर डडेलधुराबाटै चुनाव लड्दै र जित्दै आएका छन् ।

Advertisement

त्यस्तै, सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट उम्मेदवार बन्ने भएका छन् । हाल उद्योगमन्त्री रहेका दीलेन्द्रप्रसाद बडुलाई कांग्रेसले दार्चुलाबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै, अछाम–२ मा पुष्पबहादुर शाह, कञ्चनपुर–२ मा एनपी सावद, कञ्चनपुर–३ मा रमेश लेखक, कैलाली–१ मा रामजनम चौधरी, कैलाली–४ मा वीरबहादुर बलायर र कैलाली–५ मा डिल्लीराज पन्तलाई उम्मेदवार बनाउने निर्णय भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार प्रदेशसभातर्फका उम्मेदवारको भने टुंगो लागिसकेको छैन ।

गठबन्धनमा सुदूरपश्चिम प्रदेशका १६ मध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति गरेका थिए ।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP