Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

दिपायलमा सेती नदी थुनिने खतरा : नदी छेउका बासिन्दालाई सचेत रहन आग्रह


पक्की पुल पनि जोखिममा


दिपायल – दिपायलमा सेती नदी थुनिने सम्भावना बढेकोले नदी छेउछाउका बासिन्दाहरुलाई सचेत रहन आग्रह गरिएको छ । दिपायल सिलगढी नगरपालिका – २ पुलबजार नजिक रहेको ठूलो पिपलको रूख नदीले बागए पछि नदी थुनिने जोखिम बढेको हो ।

नदीले पिपलको ठूलो रुख बगाएर पुल भन्दा २० मिटर अगाडि किनार लगाएको छ,’ इलाका प्रहरी कार्यालयका प्रमुख रूप सिंह थापाले भने,’ रुख मानिसले हटाउन सक्ने अवस्था छैन । वर्षौ पुरानो सो रुख पुलमा ठोक्कियो भने नदी थुनिने सम्भावना हुन्छ । त्यसैले सबैलाई सतर्क रहन आग्रह गरेका छौं ।’


बिहीबार देखि लगातार परेको वर्षाका कारण सेती नदीमा पानीको बहाव उच्च रहेको छ । नदीले रुख बगाएसँगै डोटी अछाम, बाजुरा जोड्ने पक्की पुल पनि जोखिममा रहेको छ । रुख पुलमा ठोक्किएको अवस्थामा नदी थुनिनुको साथै पुल बगाउने जोखिम रहेको छ ।

Advertisement

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP