२०७९ चैत्र १६
March 30, 2023, Thursday

दिपायलमा सेती नदी थुनिने खतरा : नदी छेउका बासिन्दालाई सचेत रहन आग्रह


पक्की पुल पनि जोखिममा


दिपायल – दिपायलमा सेती नदी थुनिने सम्भावना बढेकोले नदी छेउछाउका बासिन्दाहरुलाई सचेत रहन आग्रह गरिएको छ । दिपायल सिलगढी नगरपालिका – २ पुलबजार नजिक रहेको ठूलो पिपलको रूख नदीले बागए पछि नदी थुनिने जोखिम बढेको हो ।

नदीले पिपलको ठूलो रुख बगाएर पुल भन्दा २० मिटर अगाडि किनार लगाएको छ,’ इलाका प्रहरी कार्यालयका प्रमुख रूप सिंह थापाले भने,’ रुख मानिसले हटाउन सक्ने अवस्था छैन । वर्षौ पुरानो सो रुख पुलमा ठोक्कियो भने नदी थुनिने सम्भावना हुन्छ । त्यसैले सबैलाई सतर्क रहन आग्रह गरेका छौं ।’


बिहीबार देखि लगातार परेको वर्षाका कारण सेती नदीमा पानीको बहाव उच्च रहेको छ । नदीले रुख बगाएसँगै डोटी अछाम, बाजुरा जोड्ने पक्की पुल पनि जोखिममा रहेको छ । रुख पुलमा ठोक्किएको अवस्थामा नदी थुनिनुको साथै पुल बगाउने जोखिम रहेको छ ।

Advertisement

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ आश्विन २२, शनिबार २०:०२

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ आश्विन २२, शनिबार २०:०२

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ आश्विन २२, शनिबार २०:०२

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP