२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

डोटीमा १३ जनाको उम्मेदवारी दर्ता

दिपायल – मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि डोटीमा को उम्मेदवारी परेको छ ।

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिनिधि सभाका लागि र प्रदेशसभाका लागि १३ जनाको उम्मेदवारी परेको छ । जिल्लाको एक मात्र प्रतिनिधि सभा सदस्य सिटमा ६ जनाको उम्मेदवारी परेको छ ।

Advertisement

बर्तमान सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजबादी) का पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री प्रेमबहादुर आले मगरले उम्मेदवारी दर्ता गराएका छन । यस्तै नेकपा एमालेको तर्फबाट पार्टी पोलिट ब्युरो सदस्य तथा संबिधानसभा सदस्य गौरी वलीले उम्मेदवारी दर्ता गरेका छन् ।

रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, राप्रपाबाट अंकबहादुर खड्काले उम्मेदवारी दिएका छन् । नरेन्द्र बहादुर खड्का र राजप्रासाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा “क” को लागी ४ जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेस डोटी जिल्ला सभापति नरेन्द्रबहादुर सिंहले उम्मेदवारी दर्ता गराए । एमालेबाट जिल्ला अध्यक्ष चक्र मल्लले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै हाम्रो नेपाली पार्टीका शैलेन्द्र खड्का र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेत्रनाथ योगीले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा “ख” को लागी ३ जनाको उम्मेदवारी परेको छ । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शिवसिंह ओलीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेबाट टेकबहादुर बमको उम्मेदवारी परेको छ । यस्तै, राप्रपाका मोहनबहादुर बमले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ आश्विन २३, आईतवार १८:५९

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ आश्विन २३, आईतवार १८:५९

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ आश्विन २३, आईतवार १८:५९

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP