२०८३ बैशाख १७
April 30, 2026, Thursday

डोटी लगायत सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत अवरुद्ध

Advertisement

दिपायल – डोटी लगायत सुदूरपश्चिमका ७ पहाडी जिल्लामा विद्युत अवरुद्ध भएको छ । कैलालीको गोदवरिमा बिजुलिको टावर ढले पछि आईतबार बेलुकी देखि विद्युत अवरुद्ध भएको हो ।
आईतबार बेलुकी ६:०० बजेको समयमा गोदवरिको भ्यागुतेपानीमा बिजुलिको टावर ढलेको बिद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख निरंजन शाहले जानकारी दिनुभयो ।

Advertisement

बिजुली नहुदा सात पहाडी जिल्लाका स्थानीयको जनजीवन प्रभावित भएको छ । आईतबार राती स्थानीय अन्धकारमा बस्न बध्य भए । बिद्युतबाट हुने काम्काज ठप्प छन । टावर भत्किए पछि वैकल्पिक उपायको काम भइरहेको उहाँले बताउनु भयो । पोल गाड्ने र पुरानो लाईनबाट बिद्युत प्रवाह गर्ने काम भइरहेको उहाँले बताउनु भयो ।

पुरानो लाईनबाट ल्याउदा भार धेरै हुने र बेला बेलामा बत्ती जाने समस्या हुने उहाँले बताउनु भयो । मौसम बदली र हल्का बर्षाले काम गर्न समस्या भइरहेको छ । उहाँले भन्नुभयो, आज बेलुकी सम्म बत्ती बल्ने प्रयास गरिरहेका छौ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ आश्विन २४, सोमबार १०:१२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ आश्विन २४, सोमबार १०:१२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ आश्विन २४, सोमबार १०:१२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP