Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

प्रेम आलेले मागे डोटीका पत्रकारहरुसँग माफी


दिपायल – पूर्वमन्त्री एवं नेकपा समाजवादीका तर्फबाट गठबन्धनका उम्मेदवार प्रेम बहादुर आले मगरले डोटीका पत्रकारहरुसँग माफी मागेका छन् । बुधबार गठबन्धनले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले रेडियो नेपालमा कार्यरत तीन जना पत्रकारहरुले आफ्नो हस्ताक्षरका कारण जागिर गुमाउनु परेकोमा आत्मालोचना गर्दै माफी मागेका हुन् ।

Advertisement

‘विगतमा म सांसद हुँदा कांग्रेस निकट प्रेस युनियनका पत्रकारहरुको रेडियो नेपालमा नियुक्ति भएको थियो,’ उनले भने,’ त्यस समयमा एमाले निकट प्रेस चौतारीका साथीहरुले आफ्नो सरकार भएको बेला आफुहरुले जागिर पाउनु पर्छ भनेर निकै प्रेसर दिए त्यसपछि मैले लेटर प्याडमा हस्ताक्षर गरेर दिए ।

Advertisement

आलेले थपे,”आफ्नै पार्टीका कार्यकर्ता सेभ गर्नु पर्ने कतिपय बाध्यता पनि हुन्छ,’ मैले त्यो गर्न खोजेको पनि थिएन । मेरो गलत मनसाय पनि थिएन । एउटा मेरो हस्ताक्षरले तीन जना पत्रकारले जागीरबाट निलम्बित हुनु पर्यो । मैले आत्मालोचना पनि गरेको छु । मैले त्यो नगर्नु पर्ने थियो । त्यो मा म चुकेको छु त्यसमा मेरो क्षमायाचना छ।”

आलेको सिफारिसमा ८/१० वर्ष देखि करार सेवामा कार्यरत तीन जना पत्रकारहरुले जागिर गुमाउनु परेको थियो । त्यसको विरोधमा प्रेस युनियन, पत्रकार महासंघ लगायतका संघ संगठनले जिल्ला देखि केन्द्रसम्म आन्दोलन गरेका थिए । त्यसको मुद्धा श्रम अदालतमा पनि परेको थियो ।

प्रेस युनियनमा आबद्ध भएकै कारण उनीहरूलाई जागीरबाट निकालेकै दिन प्रेस चौतारीका व्यक्तिहरूलाई भर्ना गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि श्रम अदालतको आदेशमा रेडियो नेपालले निलम्बित पत्रकारहरुलाई तीन वर्ष पछि पुनर्वहाली गरेको थियो ।

तत्कालीन सांसद आलेले संसद्को लेटर प्याड प्रयोग गरेर गलत ढंगबाट जागिर बाट निष्कासन गरेर गलत ढंगबाट अन्य व्यक्तिलाई भर्ना गरेको प्रमाण बाहिर आए पछि आलेको आलोचना हुने गरेको छ ।

पछिल्लो समय कांग्रेस सहितको गठबन्धनमा चुनाव लडिरहेका आलेले चुनावको मुखमा माहोल बनाउन माफी मागेका हुन् । उनी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP