२०८० मंसिर १७
December 3, 2023, Sunday

प्रतिनिधिसभातर्फ दुई हजार ४१२ उम्मेदवार, प्रदेशमा तीन हजार २२४

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

Advertisement

निर्वाचनका लागि दर्ता भएकामध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो।

Advertisement

प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा दुई हजार ४१२ जनाले उम्मेदवारी दिएका छन्। प्रदेशसभातर्फ जम्मा तीन हजार २२४ जनाको उम्मेदवारी परेको छ।

प्रतिनिधिसभातर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला उम्मेदवार छन्। प्रदेशसभातर्फ दुई हजार ९४३ पुरुष र २८० जना महिलाले उम्मेदवारी दिएका छन्। प्रदेशतर्फ १ जना अन्यको उम्मेदवारी परेको आयोगले जनाएको छ।

उम्मेदवारले बुधबार नै चुनाव चिह्न पनि पाएका छन्। यससँगै मौन अवधि सुरु नभएसम्म उम्मेदवारले विभिन्न माध्यमबाट प्रचार–प्रसार गर्न पाउनेछन्।

Related News

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
  • २०७९ आश्विन २७, बिहीबार ०७:०८

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ आश्विन २७, बिहीबार ०७:०८

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ आश्विन २७, बिहीबार ०७:०८

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

TOP