२०८३ श्रावण ७
July 23, 2026, Thursday

प्रतिनिधिसभातर्फ दुई हजार ४१२ उम्मेदवार, प्रदेशमा तीन हजार २२४

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दर्ता भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

Advertisement

निर्वाचनका लागि दर्ता भएकामध्ये बुधबार प्रतिनिधिसभातर्फ ११९ र प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता लिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको हो।

प्रारम्भिक विवरणअनुसार प्रतिनिधिसभातर्फ जम्मा दुई हजार ४१२ जनाले उम्मेदवारी दिएका छन्। प्रदेशसभातर्फ जम्मा तीन हजार २२४ जनाको उम्मेदवारी परेको छ।

प्रतिनिधिसभातर्फ दुई हजार १८७ पुरुष र २२५ जना महिला उम्मेदवार छन्। प्रदेशसभातर्फ दुई हजार ९४३ पुरुष र २८० जना महिलाले उम्मेदवारी दिएका छन्। प्रदेशतर्फ १ जना अन्यको उम्मेदवारी परेको आयोगले जनाएको छ।

उम्मेदवारले बुधबार नै चुनाव चिह्न पनि पाएका छन्। यससँगै मौन अवधि सुरु नभएसम्म उम्मेदवारले विभिन्न माध्यमबाट प्रचार–प्रसार गर्न पाउनेछन्।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP