Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

स्वतन्त्र उम्मेदवारको चुनावी एजेण्डा प्रदेश राजधानी


दिपायल– एक मात्र प्रतिनिधि सभा रहेको डोटीका स्वतन्त्र उम्मेदवारले प्रदेश राजनाधनीलाई प्रमुख चुनावी एजेण्डा बनाएका छन् । प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र बहादुर खड्काले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमै कायम हुनु पर्नेमा सरकारले अन्यत्र तोकेको भन्दै त्यसका विरुद्ध उम्मेदवारी दिएको बताउँदै आएका छन् ।

Advertisement

“साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा नै प्रदेशको राजधानी तोकिनु पथ्र्यो,“खड्काले गोरखापत्रसँग भने,“मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारले राजधानी कैलालीको गोदावरीमा तोक्यो । डोटीबाटै निर्वाचित मुख्यमन्त्री भट्ट लगायत यहाँका सांसद मन्त्रीहरुले डोटोको इतिहास, अस्तित्व मेट्नुको साथै वर्षौ देखिको अधिकार खोसेका छन् । त्यसका विरुद्ध मेरो उम्मेदवारी हो ।”

Advertisement

बाइसे चौविसे राज्य देखि डोटी गौणा हुँदै क्षेत्रीय सदरमुकाम कायम गरिएको दिपायलबाट संघीयता पछि राजधानी खोसेर कैलाली लैजानु दुःखद र पीडादायक निर्णय भएको उम्मेदवार खड्काले बताउनु भयो । “सडकबाट एक महिनासम्म खबरदारी र आन्दोलन गर्दागर्दै पनि सरकारले डोटीका विरुद्ध जनभावना विपरित गरेको निर्णय विर्सिन सकेका छैनौं,“उहाँले भन्नु भयो,“अहिले पनि प्रदेश राजधानी अलपत्र छ । एउटा पनि संरचना बन्न सकेका छैनन् । सडकको आन्दोलनले केही भएन अब संसदबाट न्याय खोज्नु पर्छ भनेर म संसदको यात्रामा लागेको हुँ ।”

डोटेली जनताले नै आफुलाई संसदमा पठाउन र खोसिएको अधिकार फिर्ता ल्याउन उम्मेदवार बनाएको उहाँको दावी छ । निर्वाचन जिते पछि नियमित संसदमा उपस्थित हुने र राजधानीको मुद्धा उठाउने प्रतिवद्धता सहित खड्काले मतदानका लागि अपिल गर्दै आउनु भएको छ । खड्काले उठाएको मुद्धाका कारण निर्वाचनको तयारीमा रहेका दलहरुका उम्मेदवार झस्किएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका खड्का डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँले त्यस अघि उद्योग वाणिज्य संघको महासचिवका रुपमा दुई कार्यकाल काम गर्नु भएको थियो । पर्यटन, संस्कृतिका क्षेत्रमा विषेश रुचिराख्ने उहाँ जिल्लामा चर्चित व्यक्ति हुनुहुन्छ । उम्मेदवार खड्काले दिपायल राजधानी कायम गराउन भएको २८ दिने आन्दोलनको नेतृत्व समेत गर्नु भएको थियो । सो आन्दोलनमा दजनौं व्यक्तिहरु घाइते भएका थिए । उहाँ यसअघि कांग्रेसका क्रियाशील सदस्य हुनुहुन्थ्यो । डोटीको अस्तित्व रक्षाका लागि पार्टीको सदस्यता त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।

विकास निर्माण र डोटेली जनताका अन्य सवालका विषयमा काम गर्दै जाँदा विशेष महत्वका साथ काम गर्ने प्रतिवद्धता जनाउँदै खड्काले राजधानीको विषय मुख्य एजेण्डा रहेको उहाँको भनाइ छ ।

स्वतन्त्र उम्मेदवार खड्कासँगै प्रतिनिधि सभाका लागि ६ जनाको उम्मेदवारी रहेको छ । बर्तमान सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजबादी) का पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री प्रेमबहादुर आले मगरले उम्मेदवारी रहेको छ । यस्तै नेकपा एमालेको तर्फबाट पार्टी पोलिट ब्युरो सदस्य तथा संबिधानसभा सदस्य गौरी वलीकोे उम्मेदवारी रहेको छ ।

रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, राप्रपाबाट अंकबहादुर खड्काले उम्मेदवारी दिएका छन् । राजप्रासाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!