Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

स्वतन्त्र उम्मेदवारको चुनावी एजेण्डा प्रदेश राजधानी


दिपायल– एक मात्र प्रतिनिधि सभा रहेको डोटीका स्वतन्त्र उम्मेदवारले प्रदेश राजनाधनीलाई प्रमुख चुनावी एजेण्डा बनाएका छन् । प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र बहादुर खड्काले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमै कायम हुनु पर्नेमा सरकारले अन्यत्र तोकेको भन्दै त्यसका विरुद्ध उम्मेदवारी दिएको बताउँदै आएका छन् ।

Advertisement

“साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा नै प्रदेशको राजधानी तोकिनु पथ्र्यो,“खड्काले गोरखापत्रसँग भने,“मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारले राजधानी कैलालीको गोदावरीमा तोक्यो । डोटीबाटै निर्वाचित मुख्यमन्त्री भट्ट लगायत यहाँका सांसद मन्त्रीहरुले डोटोको इतिहास, अस्तित्व मेट्नुको साथै वर्षौ देखिको अधिकार खोसेका छन् । त्यसका विरुद्ध मेरो उम्मेदवारी हो ।”

Advertisement

बाइसे चौविसे राज्य देखि डोटी गौणा हुँदै क्षेत्रीय सदरमुकाम कायम गरिएको दिपायलबाट संघीयता पछि राजधानी खोसेर कैलाली लैजानु दुःखद र पीडादायक निर्णय भएको उम्मेदवार खड्काले बताउनु भयो । “सडकबाट एक महिनासम्म खबरदारी र आन्दोलन गर्दागर्दै पनि सरकारले डोटीका विरुद्ध जनभावना विपरित गरेको निर्णय विर्सिन सकेका छैनौं,“उहाँले भन्नु भयो,“अहिले पनि प्रदेश राजधानी अलपत्र छ । एउटा पनि संरचना बन्न सकेका छैनन् । सडकको आन्दोलनले केही भएन अब संसदबाट न्याय खोज्नु पर्छ भनेर म संसदको यात्रामा लागेको हुँ ।”

डोटेली जनताले नै आफुलाई संसदमा पठाउन र खोसिएको अधिकार फिर्ता ल्याउन उम्मेदवार बनाएको उहाँको दावी छ । निर्वाचन जिते पछि नियमित संसदमा उपस्थित हुने र राजधानीको मुद्धा उठाउने प्रतिवद्धता सहित खड्काले मतदानका लागि अपिल गर्दै आउनु भएको छ । खड्काले उठाएको मुद्धाका कारण निर्वाचनको तयारीमा रहेका दलहरुका उम्मेदवार झस्किएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका खड्का डोटी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुनुहुन्छ । उहाँले त्यस अघि उद्योग वाणिज्य संघको महासचिवका रुपमा दुई कार्यकाल काम गर्नु भएको थियो । पर्यटन, संस्कृतिका क्षेत्रमा विषेश रुचिराख्ने उहाँ जिल्लामा चर्चित व्यक्ति हुनुहुन्छ । उम्मेदवार खड्काले दिपायल राजधानी कायम गराउन भएको २८ दिने आन्दोलनको नेतृत्व समेत गर्नु भएको थियो । सो आन्दोलनमा दजनौं व्यक्तिहरु घाइते भएका थिए । उहाँ यसअघि कांग्रेसका क्रियाशील सदस्य हुनुहुन्थ्यो । डोटीको अस्तित्व रक्षाका लागि पार्टीको सदस्यता त्यागेर स्वतन्त्र उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।

विकास निर्माण र डोटेली जनताका अन्य सवालका विषयमा काम गर्दै जाँदा विशेष महत्वका साथ काम गर्ने प्रतिवद्धता जनाउँदै खड्काले राजधानीको विषय मुख्य एजेण्डा रहेको उहाँको भनाइ छ ।

स्वतन्त्र उम्मेदवार खड्कासँगै प्रतिनिधि सभाका लागि ६ जनाको उम्मेदवारी रहेको छ । बर्तमान सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकिकृत समाजबादी) का पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री प्रेमबहादुर आले मगरले उम्मेदवारी रहेको छ । यस्तै नेकपा एमालेको तर्फबाट पार्टी पोलिट ब्युरो सदस्य तथा संबिधानसभा सदस्य गौरी वलीकोे उम्मेदवारी रहेको छ ।

रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट केशव बलायर, राप्रपाबाट अंकबहादुर खड्काले उम्मेदवारी दिएका छन् । राजप्रासाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP