२०८२ माघ २२
February 4, 2026, Wednesday

लेखराज भट्टले भने- भीम रावल कमरेडले पार्टी र नेतृत्वको धज्जी उडाए

कैलाली- नेकपा एमालेका सचिव तथा सुदूरश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले भीमबहादुर रावलले पार्टीको धज्जी उडाएको आरोप लगाएका छन्। शुक्रबार कैलाली क्षेत्र नम्बर ४ स्थित एक चुनावी कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।


उनले भने, ‘हाम्रो भीम रावल कमरेडले पत्रकार सम्मेलन गरेर पुरै पार्टीको धज्जी उडाउनुभयो। नेतृत्वको धज्जी उडाउनुभयो। र, म कुनै नेतालाई जिताउन चुनाव प्रचारमा जान्छु। मन नपरेकालाई हराउने हो भन्ने आशय व्यक्त गर्नुभयो। पार्टी भित्रै यो खालका प्रवृत्तिहरु हुँदाखेरी नेतृत्वले काम गर्न सकेन।’


पार्टीभित्र अन्तरघात नभए नेतृत्वले सक्रिय रुपमा काम गर्न सक्ने उनको दाबी छ। एमाले नेता भीम रावलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेका थिए।

Advertisement

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०७९ आश्विन २८, शुक्रबार १९:५७

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०७९ आश्विन २८, शुक्रबार १९:५७

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०७९ आश्विन २८, शुक्रबार १९:५७

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP