Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

एमालेले डडेलधुरा र चितवन–३ मा कसलाई जिताउन चाहन्छ ?

दिपायल- नेकपा एमालेले मङ्सिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि चितवन–३ र डडेलधुरामा दिएको उम्मेदवारी फिर्ता लिएको छ । चितवन–३ २०७४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्र हो ।

Advertisement

यस पटक भने प्रचण्ड अन्तिम समयमा चितवन–३ छोडेर गोरखा उक्लेका छन् । त्यस्तै डडेलधुरा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह र निर्वाचन क्षेत्र हो । एमालेले डडेलधुराबाट नेता चक्र स्नेही र चितवन ३ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवारी दिन लगाएर पनि पछि फिर्ता लिएको हो ।

Advertisement

एमालेको घोषित नीति हो–सत्ता गठबन्धनलाई जसरी पनि हराउने । सोही नीति अनुसार डडेलधुरा र चितवन ३ बाट उम्मेदवारी फिर्ता लिएको एमाले नेता तथा उपमहासचिव समेत रहेका प्रदीप ज्ञवालीको भनाइ छ ।

नेता ज्ञवालीका अनुसार चितवन–३ र डडेलधुराबाट एमालेले उम्मेदवारी फिर्ता गरेपछि ति निर्वाचन क्षेत्रमा अन्य पार्टी र बागी उम्मेदवारलाई सघाउने नीति छ ।

‘चितवन ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई सघाउने सम्भावना छ । हामी छलफलकै क्रममा भएकाले निर्णय भने भैसकेको छैन’, ज्ञवालीले भने, ‘डडेलधुरामा मल्ललाई सघाउने निश्चित जस्तै छ ।’

चितवन ३ मा कोइराला र जगन्नाथ पौडेलले कांग्रेससँग असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका छन् । राप्रपाका विक्रम पाण्डेले पनि चितवन ३ बाटै उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनले भने माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

डडेलधुरामा नेपाली कांग्रेसबाटै केही समय अघिमात्र विद्रोह गरी वीपी कांग्रेसमा लागेका कर्णबहादुर मल्ल प्रधानमन्त्री देउवाका निकटतम प्रतिस्पर्धी मानिन्छन् । मल्ल वीपी कांग्रेसका वरिष्ठ उपसभापति समेत हुन् । डडेलधुरामा देउवा र मल्ल बाहेक जनता समाजवादीबाट श्याम सिनाल तथा राप्रपाबाट गोविन्द खडायत पनि प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धा गर्दैछन् ।

यी बाहेक चार स्वतन्त्र उम्मेदवारहरू विक्रमबहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायत चुनावी मैदानमा उत्रेका छन् । तर यी मध्ये देउवालाई टक्कर दिन सक्ने मल्ल नै भएकाले एमालेले मल्लालाई सहयोग गरेर देउवालाई हराउने नीति बनाएको हो ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP