Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

म चुनाव हारे डोटी हार्छ, म जिते डोटी जित्छ : स्वतन्त्र उम्मेदवार खड्का


दिपायल- प्रतिनिधि सभाका लागि डोटीबाट स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र बहादुर खड्काले आफुसँगै समग्र डोटी जिल्ला चुनावी मैदानमा उत्रिएको बताए । आइतबार दिपायलमा आयोजित पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

Advertisement

निर्वाचन आयोगको प्रक्रिया पु¥याउन एक पात्रका रुपमा मात्रै आफु उभिएको बताउँदै उनले समग्र डोटी जिल्ला क्रस खुकुरी चिन्ह लिएर उम्मेदवार बनेको बताएका हुन् । पत्रकार सम्मेलमा बोल्दै उम्मेदवार खड्काले भने,“म उम्मेदवार होइन, निर्वाचनको प्रक्रिया पु¥याउन मलाइ एक पात्रका रुपमा अघि सारिएको हो । हाम्रो तर्फबाट उम्मेदवार भनेको डोटी जिल्ला हो । डोटीलाई जिताउनेकी हराउने जनता जनार्दनको हातमा छ ।”

Advertisement

नेता खड्काले आफ्नो प्रमुख मुद्दा नै डोटी र डोटेलीको अस्थित्वसँग जोडिएको विषय भएकाले आफु समर्ग डोटेली र डोटीको प्रतिनिधिका रुपमा चुनावी मैदानमा उभिएको बताए । आफु चुनाव हारे समग्र डोटीको हार हुने र आफु चुनाव जिते समग्र डोटीको जित हुने उनको भनाई छ । “नरेन्द्र खड्का नामक स्वतन्त्र उम्मेदवार एक पात्र मात्रै हो,“उनले भने,“खास उम्मेदवार भनेको डोटी हो, डोटेली हुन् । मैले डोटी र डोटेलीको गर्विलो इतिहास, अस्तित्व, अधिकार र न्यायका पक्षमा उभिने आँट मात्रै गरेको हुँ । आफ्नो अस्तित्व रक्षाका लागि डोटेली जनताले अत्याधिक बहुमतले विजयी गराउनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु,“उनले थपे,“म चुनाव हारे डोटी हार्ने छ । म चुनाव जिते डोटी जित्ने छ । कोही कसैले आफुलाइ हराउन चाहदैन, तसर्थ डोटेली न्यायप्रेमी जनताले आफुलाई जिताउनका लागि क्रस खुकुरी चुनाव चिन्हमा मतदान गर्ने छन् ।

“जनतालाई संकट प¥यो । माटोलाई अन्याय भयो भने विद्रोह हुन्छ,“खड्काले भने,“विगत देखि हालसम्म हामीले निर्वाचित गराएर पठाएका दलका नेताहरुले जनताको अधिकार र न्यायका पक्षमा उभिनुको साटो अन्याय गरे, राजधानी खोसे त्यसैको पाप र सजाय स्वरुप डोटेली जनताले दलका नेताहरुलाई चुनाव हराउने छन् ।” अहिले उम्मेदवार बनेर डोटीमा भोट माग्न घुमिरहेका दलका नेताहरुले नै राजधानी खोसेको उनको आरोप छ । बाइसेचौबिसे राज्य देखि डोटी गौणा, क्षेत्रीय सदरमुकाम हुँदै संघीयतामा प्रदेशको राजधानी बन्न लागेको दिपायल मुकामलाई यहिकै जताका मत लुटेर दलका नेताहरुले आफ्नो स्वार्थसँग राजधानी साटेको खड्काले बताए ।

प्रतिनिधि सभाका लागि खड्का सहित पूर्वमन्त्री प्रेम बहादुर आलेमगर, पूर्व संविधानसभा सदस्य गौरी वली लगायतका ६ जना उम्मेदवार आमने–सामने छन् । स्वतन्त्र उम्मेदवार खड्काले सुदूरपश्चिमको प्रदेश राजधानी दिपायल कायम हुनुपर्ने मुद्दालाई प्रमुख एजेण्डा बनाएका छन् । उनले दिपायल राजधानीको मुद्दा लाई लिएर ६५ दिने आन्दोलनको नेतृत्व समेत गरेका थिए ।

पत्रकार सम्मेलनमा जिल्लामा क्रियाशील पत्रकार तथा खड्काका समर्थकहरुको ठुलो उपस्थिति रहेको थियो । उनलाई सबै दलका नेता, कार्यकर्ता तथा स्थानीय अगुवाहरुको समर्थन रहेको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP