Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

वीर बहादुर बलायर हाम्रा उम्मेदवार हुन् : माओवादी केन्द्रीय सदस्य आचार्य


कैलाली – नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लछिराम आचार्यले कैलाली- ४ बाट प्रतिनिधि सदस्यका उम्मेदवार वीर बहादुर बलायर आफ्नो पार्टी र बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार भएको बताए । गौरीगंगा नगरपालिका – ११ शिवपुरमा आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै उनले प्रतिनिधि सभाका उम्मेदवार बलायर र प्रदेश (क) का उम्मेदवार दीर्घ बहादुर सोडारी साझा उम्मेदवार रहेकोले विजयी गराउन अपिल गरे ।

Advertisement


देशमा सङ्कट परेको बेला विगत देखिनै राजनीतिक शक्तिहरू एकठाउँमा उभिएर देशलाई संकटबाट जोगाएको र आमूल परिवर्तन ल्याएको केन्द्रीय सदस्य आचार्यले बताए । अहिलेको गठबन्धन देशको आवश्यकता र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रतिगमनका विरूद्ध रहेको उनले बताए । ओलीले देश र देशको संविधान नै जोखिममा पारेका कारण देश र संविधान उभ्याउन आन्दोलन स्वरूप गठबन्धन गरेर साझा उम्मेदवार सहित लोकतान्त्रिक गठबन्धन चुनावमा होम्मिएको उनले बताए ।

Advertisement

‘देशमा संकट आउँदा , नेपालका राजनीतिक बाम लोकतान्त्रिक पार्टी एक हुँदै आएका छन् ,’ उनले भने,’ ६२/६३ को जन आन्दोलन जन भावनालाई सम्बोधन गर्न भएको थियो त्यस अघिका जनआन्दोलन र परिवर्तन पनि जनताकै चाहना अनुसार भएका हुन् । देशलाई शान्ति प्रक्रियाबाट अघि बढाउन गणतान्त्रिक व्यवस्था स्थापित गराएर संविधान निर्माणको बाटो हुँदै संघीयता सम्म पुर्याइयो तर पूर्व प्रधानमन्त्रीले शक्तिको दुरुपयोग गरेर देश नै दुर्घटनामा पारे, त्यसैले पनि हामी एक ठाउँमा उभियौं ।’

तत्कालीन प्रधानमन्त्री ओलीले संविधानको रक्षा गर्ने दायित्व भुलेर सांसद विघटन, अदालतमा हस्तक्षेप , संविधान निर्यन्त्रण गर्ने जस्ता हर्कत गर्न थाले पछि त्यसका विरुद्ध आन्द्वालान स्वरूप गठबन्धन भएकोले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आवश्यक रहेको उनको भनाइ थियो ।

केन्द्रीय सदस्य आचार्यले कैलाली – ४ मा माओवादीबाट उम्मेदवार नभए पनि गठबन्धनका उम्मेदवारलाई आफ्नै उम्मेदवार , पार्टी अध्यक्ष प्रचण्डकै उम्मेदवार सम्झेर बढी जिम्मेवार भएर लाग्न कार्यकर्ताहरुलाई अनुरोध गरे। माओवादीले बोकेको लक्ष, प्रदेशमा माओवादीको नेतृत्वका लागि पनि सबै नेता कार्यकर्ताहरु गठबन्धन प्रति वफादार भएर लाग्नु पर्ने उनले बताए।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP