२०८२ माघ २२
February 4, 2026, Wednesday

विगतको कार्यकालमा ओलीका कारण विकास निर्माणले गति लिन सकेन : सोडारी


कैलाली– नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् कैलाली क्षेत्र नम्बर ४ ‘क’ का उम्मेदवार दीर्घबहादुर सोडारीले विगतको कार्यकालमा केपी ओलीका कारण विकास निर्माणले गति लिन नसकेको बताएका छन् । शुक्रबार गौरीगंगा नगरपालिका–११ नम्बर वडाको शिवपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता सोडारीले सो कुरा बताएका हुन् ।

Advertisement


सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका सोडारीले तत्कालीन नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री ओलीले आन्तरिक खिचातानीका कारण अन्यौल सिर्जना हुँदा विकास निर्माण कार्यमा गति लिन नसकेको बताए । उनले भने,‘त्यो समयमा अन्तरपार्टीको राजनीतिक खिचातानीले काम गर्न नसक्नु र कोरोनाका कारण विकास निर्माणका कार्यले गति लिन नसके पनि पछिल्लो पटक हामी छुट्टिएपछि भने विकासले लय पाएको हो ।’

Advertisement


ओलीलाई सत्ताबाट अपदस्त गरेपछि बनेको संयुक्त गठबन्धनको सरकार निर्माणपछि भने विकास निर्माणका कार्यले तिब्रता पाएको उनले बताए । आफू मातहतको मन्त्रालयबाट मात्रै गौरीगंगा नगरपालिका क्षेत्रमा अर्बौंका योजनाहरु बहुबर्षिय ठेक्कामार्फत कार्यान्वयन भइरहेका उनले बताए ।

चुनावमा जनताले जिताएपछि आफ्नो क्षेत्रमा रोकिएका विकास निर्माणका कार्यलाई अगाडि बढाएको भन्दै उनले ‘फेरिहस्त’ विकासे योजनाका नामहरु आम मतदातासामू सुनाए । ‘मेरै कार्यकालयमा शिवपुर र पेरहनी जोड्ने पक्की पुलको दुई पटक ठेक्का आह्वान गर्दा पनि निर्माण व्यवसायीले ठेक्का नहाल्दा पुल निर्माण कार्य ढिला भएको हो,’ उनले भने,‘सो पुलको लागि चालू आर्थिक वर्षमै ११ करोड रकमको आर्थिक सुनिश्चितता भइसकेको र तत्कालै पुनः ठेक्काको लागि सूचना आह्वान गरिन लागेको छ ।’ उनले वडा नम्बर ११ मा प्रदेश सरकारको बजेटबाट निर्माण भएका विकासे योजनाको नाम सरसर्ती सुनाए ।


आफूले काम गरेका कारण पुनः यसै क्षेत्रबाट मंसिर ४ मा हुने निर्वाचनका लागि उम्मेदवार रहेको आम मतदातासामू उनले सुनाए । उनले भने,‘मैले यो यो काम गरेको छु भनेरै यहाँहरु सामु सुनाएको छु, रहेका अधुरा काम पनि पूरा गर्नका लागि यहाँहरुले यसपटक पनि अघिल्लो निर्वाचनमा झै माया गरेर मतदान गर्नुहुनेछ भन्ने आशा छ ।’

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०७९ कार्तिक ४, शुक्रबार १८:३०

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०७९ कार्तिक ४, शुक्रबार १८:३०

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०७९ कार्तिक ४, शुक्रबार १८:३०

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP