२०८२ माघ २२
February 4, 2026, Wednesday

यमपञ्चक सुरु,आज धनतेरस

डोटी – नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । आजदेखी यमपञ्चक सुरु हुँदैछ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक भनिन्छ।

Advertisement

पाप धर्मका साक्षी धर्मराज अथवा यमराजसँग सम्बन्धित भएको पाँच दिन हुनाले यमपञ्चक भनिएको कथन छ।

Advertisement

शनिवार २६ घडी ४ पला अर्थात् ४ बजेर ३४ मिनेटसम्म द्वादशी तिथि छ। त्यसपछि त्रयोदशी लागेसँगै यमपञ्चक सुरु भएको हो। पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका अनुसार तिथि लाग्ने भएका कारण शनिबार नै यमपञ्चक सुरु भएको हो।

यमपञ्चकको पहिलो दिन यमदीप दान गर्ने परम्परा छ। कात्तिक शुक्ल त्रयोदशीका दिन साँझपख ‘यमदीपदान’ गर्नाले अपमृत्यु नाश हुने पुराणहरूमा उल्लेख छ। ​धनतेरस पनि शनिबार नै मनाइँदै छ। बहुमूल्य वस्तु जोड्ने दिनको रूपमा यसको महत्त्व छ।

यमपञ्चक शनिवार नै शुरु भए पनि कागतिहार भने आइतबार परेको छ। यो दिन २७ घडी १८ पला अर्थात् ५ बजेर ४ मिनेटसम्म त्रयोदशी छ। कागको पूजा गर्ने र उसलाई खानेकुरा खुवाउने दिनको रूपमा चिनिन्छ। यसैदिन आयुर्वेदका देवता धनवन्तरीको जन्मदिन पर्छ। यही दिन

सोमवार चतुर्दशी अर्थात् कुकुरको पूजा गर्ने दिन। यो दिन २७ घडी १५ पला अर्थात् ५ बजेर ४ मिनेटसम्म बजेसम्म चतुर्दशी रहेको छ। यसलाई नरक चतुर्दशी वा बोलीचालीमा ‘नरके चतुर्दशी’ भनिन्छ। चतुर्दशीको झिसमिसेमा तारा नअस्ताउँदै शरीरमा तेल घसी अपामार्गको बोटले शिर वरिपरि घुमाई स्नान गर्ने र ‘नरक जानु नपरोस्’ भन्ने उद्देश्यले बत्ती नदीमा बगाउने विधान पनि छ।

यो वर्ष लक्ष्मीपूजा पनि त्यसै दिन गरिँदैछ। लक्ष्मीपूजा कार्तिककृण औँसीको रात्रिमा गर्ने विधान छ। भोलिपल्ट बेलुकी औँसी नरहने भएकाले यसै दिन लक्ष्मीपूजा गर्न लागेको हो।

मंगलबार औँसी अर्थात् गाईतिहारे औँसी । यो दिन औँसी २५ घडी ५७ पला अर्थात् ४ बजेर ३३ मिनेटसम्म रहनेछबिहान गाईको पूजा गरिन्छ। साँझमा भने सूर्यग्रहण लाग्नेछ। नेपाली आकाशमा ३२–३३ मिनेट रहने खगोलविदले जनाएका छन्।

बुधवार कार्तिक शुक्ल प्रतिपदा अर्थात् गोर्वधनपूजा। कृषिमा सहयोगी गोरुको पूजा गर्ने दिन। यो दिन २३ ३० घडी अर्थात् ३ बजेर ११ मिनेटसम्म बजेसम्म प्रतिपदा छ। यही दिन नेपाल संवतअनुसार वर्ष फेरिन्छ। ११४३ सुरु हुनेछ। नेवार समुदायले ह्मपूजा अर्थात् आत्मपूजा गर्ने गर्दछ।

बिहीबार अर्थात् कात्तिक १० गते भ्रातृद्वितीया अर्थात् भाइटीका परेको छ। यो दिन द्वितीया तिथि २० घडी १ पला अर्थात् २ बजेर १२ मिनेटसम्म द्वतीया तिथि छ।

समितिले यो वर्षको भाइटीकाको साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ।

Related News

चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
चोरी लुकाउन विद्युत सुरक्षा गार्डको हत्या, पाँच जना पक्राउ
  • २०७९ कार्तिक ५, शनिबार ०७:४४

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...

कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
कांग्रेसका उम्मेदवार भण्डारीको धवलागिरी गाउँपालिकामा चुनावी अभियान
  • २०७९ कार्तिक ५, शनिबार ०७:४४

नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...

नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
नेपाली कांग्रेसका उम्मेदवार भण्डारी : जनताको आवश्यकता नै मेरो चुनावी एजेन्डा
  • २०७९ कार्तिक ५, शनिबार ०७:४४

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...

TOP