
सहजपुर– नेपाली कांग्रेसका प्रदेश सभापति एवम् कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरले जनताको सेवा गर्नु नेताहरुको कर्तव्य रहेको बताएका छन् । सोमबार कैलालीको चुरे गाउँपालिका–३, सहजपुरमा बसर युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले जनता मालिक र आफू सेवक भएको प्रतिक्रिया दिएका हुन् ।
विगतमा जनतालाई नोकर सम्झेर दासत्व लाद्न खोज्ने व्यक्ति तथा नेताको अन्त्य जनताले मंसिर ४ मा गर्ने बताउँदै उनले बाम – लोकतान्त्रिक गठबन्धनका उम्मेदवार र सरकार जनतालाई शिरमा राखी मालिक सम्झेर सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरे ।
‘जनता जनार्दन हाम्रा मालिक हुन्, हामी जनताका नोकर हौं,’ बलायरले भने,’निर्वाचनपछि बन्ने बाम लोकतान्त्रिक गठबन्धनको सरकार र निर्वाचित हुने जनप्रतिनिधि जनताको नोकर भएर काम गर्न तयार हुनेछन्, किनकी जनता खुसी र सुखी भए मात्रै हाम्रो नौकरी चल्ने छ ।’ जनताको सेवा, देश विकास र समृद्धि सपना र चुनावी एजेण्डा मात्रै नभएर आफ्नो परम कर्तव्य भएको बताउँदै बलायरले आफू निर्वाचन लडेको क्षेत्र मात्रै नभै समग्र सुदूरपश्चिम र राष्ट्रकै जनता प्रति उत्तरदायी हुने बताए । युवाहरुको क्षमता विकास, स्वरोजगार र खेल क्षेत्रको विकासका लागि आफू सधैँ कटिबद्ध रहेको बलायरले बताए ।
‘यो देशका युवा र खेलाडी राष्ट्रका सम्पत्ति हुन्,’ उम्मेदवार बलायरले भने,‘युवाहरुको, चेतना, परिश्रम र मेहनतले मात्रै राष्ट्रको सर्वाङ्गीण विकास सम्भव छ । हालको अवस्थामा युवाहरू देशप्रति गम्भीररूपमा चिन्तित हुन जरुरी छ ।’सरकारको नेतृत्वमा रहँदा केपी शर्मा ओलीले गरेका हर्कत, संविधान र न्यायिक निकाय माथिको हस्तक्षेप, प्रतिगामी कार्यशैली र युवा शक्तिको गलत प्रयोगका विरूद्ध एक ठाउँमा उभिएर युवाहरुले गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने जरुरी रहेको बलायरले बताए ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



