२०८० मंसिर १७
December 3, 2023, Sunday

वीर बहादुर बलायरलाई जिताउन प्रेम आलेको अपिल


Advertisement

सहजपुर – नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य पूर्वमन्त्री प्रेम बहादुर आले मगरले कलाली ४ बाट प्रतिनिधि सभाका उम्मेदवार वीर बहादुर बलायरलाई जिताउन अपिल गरेका छन्। सोमबार कैलालीको चुरे गाउँपालिका – ३ सहजपुरमा बसर युवा क्लबले आयोजना गरेको भलिबल प्रतियोगिताको उद्घाटन बोल्दै आलेले बलायरलाई जिताउन अपिल गरेका हुन् ।

Advertisement

केपी ओलीको प्रतिगमनकारी भूमिकाको अन्त्य गर्दै देश र संविधान जोगाउन देशमा बाम- लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिएको बताउँदै आलेले देश जोगाउन गठबन्धनलाई स्थायित्व दिन गठबन्धनका उम्मेदवार जिताउन जरुरी रहेको बताए ।

वीर बहादुर बलायर विगत देखि नै देश र जनताकाको हितमा काम गर्दै आएका त्यागी नेता हुन्,’ आलेले भने,’ निष्ठाको राजनीति गर्दै कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापति जस्तो गरीमाय पद सम्हाली रहनु भएको छ । बलायर सुदूरपश्चिमकै बलिया र होनहार नेता हुन्। सुदूरपश्चिमको विकास र बलियो नेतृत्वको लागि उहाँ जित्न जरुरी छ । कैलालीका सम्पूर्ण मतदाताहरुलाई उहाँको पक्षमा मतदान गर्न आग्रह गर्दछु।’

विद्यार्थी राजनीतिबाटै चर्चामा रहेका आदरणीय बलायर दाई देशको राजनीतिक परिवर्तन र लोकतन्त्र स्थापनाका लागि पटक पटक जेल जीवन बिताएका नेता हुन् ,’ आलेले भने सुदूरपश्चिमको विकासका लागि उहाँको महत्वपूर्ण भूमिका छ । फास्ट ट्रयाक लगायतका ठूला योजनाहरूमा उहाँको हस्ताक्षर छ । सुदूरको समृद्धि र राजनीतिक संस्कारका लागि पनि उहाँलाई जिताउन जरुरी छ ।’

Related News

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
  • २०७९ कार्तिक ७, सोमबार १७:३४

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ कार्तिक ७, सोमबार १७:३४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ कार्तिक ७, सोमबार १७:३४

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

TOP