
दिपायल – नेपाली कांग्रेस डोटीले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्देशन दिएको छ । नेपाली कांग्रेस डोटीका पार्टी सभापति नरेन्द्र बहादुर सिंहले एक वक्तव्य जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार देशैभर गठबन्धन भएको जनाउँदै डोटीमा प्रतिनिधि सभाका उम्मेदवार प्रेम आले, प्रदेश (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार नरेन्द्र बहादुर सिंह र प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार शिव वलीलाई मतदान गर्न आग्रह गरिएको छ । समानुपातिक तर्फ भने कांग्रेसलाई मतदान गर्न आग्रह गरिएको छ।
देशको वर्तमान अवस्था, संविधान र लोकतन्त्रको पूर्ण रक्षा गर्न गठबन्धन अपरिहार्य रहेको जनाउँदै बाम – लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको पक्षमा मतदान गर्न निर्देशन दिइएको हो ।
विगतमा डोटी कांग्रेसले गठबन्धनको विपक्षमा गरेर निर्णयहरु स्वतः ख्यारेज गरिएको नेपाली कांग्रेस डोटीका सचिव गणेश खड्काले जानकारी दिए ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३, चमेरेमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनामा कार्यरत सुरक्षा गार्ड ५० वर्षीय भीष्म पौडेलको हत्या भएको...
नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले सोमबारदेखि धवलागिरी गाउँपालिकामा चुनावी अभियान सुरु गर्नुभएको छ । आगामी...
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीबाट उम्मेदवार बनेका कर्ण बहादुर भण्डारी (केबी) ले...



