२०८३ असार १०
June 24, 2026, Wednesday

डोटेली जनताले मत र अनुहार परिवर्तन गर्ने आश्वासन दिएका छन् : स्वतन्त्र उम्मेदवार खड्का


दिपायल – डोटीबाट प्रतिनिधि सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र बहादुर खड्काले जिल्लामा चुनावी गतिविधिलाई तिब्रता दिएका छन् । राजनीतिक दलहरुले तिहार अघि दलबलका साथ भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई तिब्रता दिएका थिए भने खड्काले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

Advertisement

स्वतन्त्र उम्मेदवार खड्काले गोपनीय ढंगबाट आफ्ना चुनावी गतिविधि बढाउँदै गएका छन् । उनले सुस्म रूपमा जिल्ला देखि वडा तह सम्म विभिन्न कमिटी गठन गरेर अगाडि बढेका छन् । राजनीतिक दलका नेताहरुले मान्छे जम्मा गरेर कार्यक्रम गर्दै गर्दा खड्का भने मतदाताको घर – घरमा पुगेका छन् । तिहार पनि मतदाताकै माझ मनाउने उनको आन्तरिक रणनीति छ ।

Advertisement

जिल्लाका तीन पालिकामा घरदैलो कार्यक्रम गरिसकेको उनले बताएका छन् । गठबन्धन तथा अन्य दलहरुको दबाब र हुइपलाई मध्यनजर गर्दै सीमित ब्यक्तिहरुको सहभागितामा आफूहरु मतदाता सम्म पुग्ने गरेको उनले बताए ।

पार्टीको निर्देशन र हुइपलाई मध्यनजर गर्दै मतदाताहरुले गोप्य रुपमा मतदान गर्ने आश्वासन दिएको उनले बताए । हामीले जनतामा आफ्ना अजेण्डा र डोटीको उम्मेदवारीका बारेमा जानकारी गराउँदै आएका छौं,’ खड्काले भने,’ हाम्रो उम्मेदवारी र डोटीको मुद्दाका विषयमा मतदाताहरु जानकार रहेको पाइयो । हामी जहाँ पुग्छौं त्यहा मतदाताको आशीर्वाद प्राप्त गरिरहेका छौं । मतदाताहरुले पार्टीको निर्देशन र दबाबको बर्खिलाप मंसिर ४ मा गोप्यरुपमा मतदान गरेर जिताउने आश्वासन दिएका छन् । चुनाव जित्नेमा ढुक्क छु ।’

डोटेली जनताहरूले यस पटकको निर्वाचनमा आफ्नो मत र प्रतिनिधिको अनुहार परिवर्तन गर्ने आश्वासन दिएको उनको दाबी छ । वर्षौं देखि हामीले एउटै मत चिन्हमा मतदान गर्दै आएका थियौं, एउटै व्यक्तिलाई पटक पटक मतदान गर्दै आएका थियौं,’ स्थानीय मतदातालाई उदृत गर्दै खड्काले भने,’ अब यो निर्वाचनलाई अवसरका रूपमा लिएर मत र प्रतिनिधिको अनुहार परिवर्तन गर्नेछौं । तपाईं ढुक्क भएर जानुस् ।”

राजनीतिक दलका स्थानीय नेता कार्यकर्ताहरुले पनि हालको अवस्थामा खुलेर लाग्न नसके पनि मंसिर ४ मा स्वतन्त्र उम्मेदवारको पक्षमा मतदान गर्ने र गराउने प्रतिबद्धता गरेको खड्काको दाबी छ ।

खड्का घटबन्धनका तर्फबाट समाजवादीका उम्मेदवार पूर्व मन्त्री प्रेम बहादुर आले मगर, संविधानसभा सदस्य, एमाले उम्मेदवार गौरी वली लगायतका नेताहरुसँग प्रतिनिधि सभाको निर्वाचन लड्दै छन् ।

Related News

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
म्याग्दीको मंगलामा ४६ करोड ५० लाख वढिको बजेट पारित
  • २०८३ असार ९, मंगलवार १६:००

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट...

बेनी नगरपालिकाको बजेट ७५ करोड
बेनी नगरपालिकाको बजेट ७५ करोड
  • २०८३ असार ९, मंगलवार १५:५४

म्याग्दीको बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपियाँको प्रस्तावित बजेट पारित गरेको छ ।...

TOP