२०७९ चैत्र १२
March 26, 2023, Sunday

प्रतिनिधिसभा उम्मेदवार बलायरले मुक्तकमैया, दलित बस्तीमा मनाए भाइटिका


अत्तरिया – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरबहादुर बलायरले मुक्तकमैया शिविर र दलित बस्तीमा पुगेर भाइटिका पर्व मनाएका छन । उनले मुक्तकमैया शिविर र दलित बस्तीमा दिदी, बहिनीको हातबाट टिका लगाएर भाइटिका पर्व मनाएका हुन ।

बिहिबार उनी कैलालीको गोदावरी नगरपालिका – ५ बरबट्टा र वडा नम्बर ९ को धनचौरी मुक्त कमैया शिविर पुगेका थिए ।
उनले थारु पहाडी, दलित, गैरदलित सबै समान र एउटै परिवारका हौ भन्ने सन्देश दिनका लागि सामुहिक रुपमा टिका लगाएको बताए ।

‘कुनै पनि जाती समुदायमा विभेद छैन भन्ने सन्देश दिन सबै समुदायका दिदीबहिनीको हातबाट टिका लगाए भाइटिका मनाएको हुँ’ उनले भने ‘अवका दिनमा चुनाव जितेपछि पनि यसरीनै सबैलाई समान रुपमा हेर्ने सन्देश दिन मुक्तकमैया, दलित बस्तीमा टिका लगाएको हुँ ।’

Advertisement

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ कार्तिक १०, बिहीबार १९:५०

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ कार्तिक १०, बिहीबार १९:५०

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
  • २०७९ कार्तिक १०, बिहीबार १९:५०

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...

TOP