२०८० आश्विन १३
September 30, 2023, Saturday

कालापानी लिपुलेक कुटनीतिक पहलबाटै फिर्ता हुन्छ : देउवा

Advertisement

डडेल्धुरा – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन् । बिहीबार डडेल्धुरामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो कुरा बताएका हुन् ।

Advertisement

चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले भारतको कब्जामा रहेको कालापनी र लिपुलेक क्षेत्रलाई लडेर नभई कुटनीतिक पहल गरेर फिर्ता लिन सकिने बताए । उनले भने,‘हामीले हाम्रो सीमालाई फिर्ता गर्न भारतसँग कुटनीतिक पहल गरेर मात्रै फिर्ता गर्न सक्छौ, न कि लडेर ।’ नेपाल सबै छिमेकी राष्ट्रसँग समान सम्बन्ध राख्दै आएको र राख्ने पनि उनले बताए । ‘नेपाल छिमेकी देश भारत र चिनसँग समान सम्बन्ध राख्दछ र राख्दै आएको पनि छ,’ उनले भने,‘तसर्थ हाम्रो गुमेको भूभागलाई कुटनीतिक पहलबाटै फिर्ता हुन्छ, यसमा ढुक्क हुनुहोस् ।’

अहिलेको आवश्यकता भनेकै लोकतान्त्रिक–बाम गठबन्धन भएको बताउँदै प्रधानमन्त्री देउवाले भने,‘गठबन्धन राष्ट्रिय आवश्यकता हो ।’ संविधानले नै दलगत गठबन्धन गर्नुपर्नै भएकाले अहिले आफूहरु सबैले संविधान जोगाउन राजनीतिक गठबन्धन गरेको बताए । केपी ओलीले २ बजे राति नै राष्ट्रपतिलाई उठाएर संसद भंग गरेको बताए । उनले भने,‘ओलीजीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद भंग गराएका हुन् ।’

राजनीतिमा कोही स्थायी सत्रू तथा मित्र नभएको प्रधानमन्त्री देउवाले बताएका छन् । उनले भने,‘गठबन्धन अहिलेको आवश्यकता हो ।’ सबै दलको आग्रहमा संविधान जोगाउन आफू प्रधानमन्त्री भएको बताउँदै उनले भने,‘सबै दलको आग्रहमा म संविधान जोगाउन प्रधानमन्त्री बनेको हुँ ।’

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले डडेल्धुराको विकासका लागि आफूले धेरै काम गरेको पनि बताए । उनले भने,‘धनगढी–डडेल्धुरा ४ लेन सडक निर्माण सुरु भएको छ । डडेल्धुरामा मेडिकल कलेज स्थापना, एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ ।’ उनले पश्चिम सेतीको सम्झौता भइसकेको बताउँदै उनले भने,‘पश्चिम सेती चाँडै बन्छ ।’ डडेल्धुराको सबै गाउँ बस्तमिा सडक र विजुली पनि पुगाउने उनले प्रतिवद्धता व्यक्त गरे । उनले अब निर्वाचनपछि डडेल्धुराको बजार क्षेत्रको सडक चौडा कार्यका लागि मुआब्जाको काम पनि गरिने बताए । पर्शुराम, परिगाउँ, महाकाली नदीमा पुलको पहल भएको पनि उनले बताए । उनल ेरंगुन खोलामा तटबन्धन तथा सिँचाइको योजना पनि अघि बढाइएको बताए ।

प्रधानमन्त्री देउवा चुनावी कार्यक्रमका लागि बुधबार राजधानी काठमाडौंबाट धनगढी आएका थिए भने बिहीबार मात्रै आफ्नो गृह जिल्ला डडेल्धुरा आइपुगेका हुन् ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०७९ कार्तिक १७, बिहीबार १८:३१

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०७९ कार्तिक १७, बिहीबार १८:३१

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०७९ कार्तिक १७, बिहीबार १८:३१

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP