२०८३ श्रावण ९
July 25, 2026, Saturday

कालापानी लिपुलेक कुटनीतिक पहलबाटै फिर्ता हुन्छ : देउवा

Advertisement

डडेल्धुरा – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कालापानी र लिपुलेक क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन् । बिहीबार डडेल्धुरामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो कुरा बताएका हुन् ।

चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले भारतको कब्जामा रहेको कालापनी र लिपुलेक क्षेत्रलाई लडेर नभई कुटनीतिक पहल गरेर फिर्ता लिन सकिने बताए । उनले भने,‘हामीले हाम्रो सीमालाई फिर्ता गर्न भारतसँग कुटनीतिक पहल गरेर मात्रै फिर्ता गर्न सक्छौ, न कि लडेर ।’ नेपाल सबै छिमेकी राष्ट्रसँग समान सम्बन्ध राख्दै आएको र राख्ने पनि उनले बताए । ‘नेपाल छिमेकी देश भारत र चिनसँग समान सम्बन्ध राख्दछ र राख्दै आएको पनि छ,’ उनले भने,‘तसर्थ हाम्रो गुमेको भूभागलाई कुटनीतिक पहलबाटै फिर्ता हुन्छ, यसमा ढुक्क हुनुहोस् ।’

अहिलेको आवश्यकता भनेकै लोकतान्त्रिक–बाम गठबन्धन भएको बताउँदै प्रधानमन्त्री देउवाले भने,‘गठबन्धन राष्ट्रिय आवश्यकता हो ।’ संविधानले नै दलगत गठबन्धन गर्नुपर्नै भएकाले अहिले आफूहरु सबैले संविधान जोगाउन राजनीतिक गठबन्धन गरेको बताए । केपी ओलीले २ बजे राति नै राष्ट्रपतिलाई उठाएर संसद भंग गरेको बताए । उनले भने,‘ओलीजीले राष्ट्रपतिलाई राति २ बजे उठाएर संसद भंग गराएका हुन् ।’

राजनीतिमा कोही स्थायी सत्रू तथा मित्र नभएको प्रधानमन्त्री देउवाले बताएका छन् । उनले भने,‘गठबन्धन अहिलेको आवश्यकता हो ।’ सबै दलको आग्रहमा संविधान जोगाउन आफू प्रधानमन्त्री भएको बताउँदै उनले भने,‘सबै दलको आग्रहमा म संविधान जोगाउन प्रधानमन्त्री बनेको हुँ ।’

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले डडेल्धुराको विकासका लागि आफूले धेरै काम गरेको पनि बताए । उनले भने,‘धनगढी–डडेल्धुरा ४ लेन सडक निर्माण सुरु भएको छ । डडेल्धुरामा मेडिकल कलेज स्थापना, एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन भएको छ ।’ उनले पश्चिम सेतीको सम्झौता भइसकेको बताउँदै उनले भने,‘पश्चिम सेती चाँडै बन्छ ।’ डडेल्धुराको सबै गाउँ बस्तमिा सडक र विजुली पनि पुगाउने उनले प्रतिवद्धता व्यक्त गरे । उनले अब निर्वाचनपछि डडेल्धुराको बजार क्षेत्रको सडक चौडा कार्यका लागि मुआब्जाको काम पनि गरिने बताए । पर्शुराम, परिगाउँ, महाकाली नदीमा पुलको पहल भएको पनि उनले बताए । उनल ेरंगुन खोलामा तटबन्धन तथा सिँचाइको योजना पनि अघि बढाइएको बताए ।

प्रधानमन्त्री देउवा चुनावी कार्यक्रमका लागि बुधबार राजधानी काठमाडौंबाट धनगढी आएका थिए भने बिहीबार मात्रै आफ्नो गृह जिल्ला डडेल्धुरा आइपुगेका हुन् ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP