Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

डोटीका राजनीतिक दलहरु अनुमति बिनाका सवारी साधन प्रयोग गर्दै

दिपायल -डोटीका राजनीतिक दलहरुले सवारी अनुमति नलिएरै प्रचार प्रसारमा सवारीसाधन प्रयोग गर्दै आएका छन् । निर्वाचन प्रचार प्रसारका लागि प्रयोग गर्ने सवारी साधनको अनिवार्य रुपमा सवारी अनुमति लिनु पर्ने भए पनि दलहरुले आचारसंहिता विपरीत सवारी साधन प्रयोग गर्दै आएका हुन्।

Advertisement

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार जिल्लामा रहेका दलहरु मध्य राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै प्रचार प्रसारका लागि सवारी अनुमति लिएको छ । जिल्ला निर्वाचन कार्यालयले दिपायलमा आयोजना गरेको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत पाण्ड्येले उम्मेदवार र दलहरुले अनुमति बिना सवारी साधन प्रयोग गर्दै आएको बताउनु भयो ।

Advertisement

“निर्वाचन प्रचार प्रसारमा प्रयोग हुने सवारी साधनको अनिवार्य अनुमति लिनु पर्ने व्यवस्था छ,”मुख्य निर्वाचन अधिकृत पाण्डेले भन्नु भयो,”एकजना उम्मेदवारले दुई वटा सवारी साधनहरु मात्रै प्रयोग गर्न पाउँछन् तर डोटीमा राप्रपा बाहेक कुनै पनि दलका उम्मेदवारले सवारी अनुमति लिएको पाइँदैन । अनुमति बिना प्रयोग भएका सवारी साधनहरू जफत गर्ने सम्मको निर्देशन छ ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले अनुमति बिना प्रयोग भएका सवारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको बताउनु भयो । अनुमति बिना प्रचार प्रसारमा प्रयोग भएका चार वटा सवारी साधनलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरेको र अर्को पटक भेटिए जफत गरिने उहाँले बताउनु भयो ।

डोटीका उम्मेदवार तथा दलहरुले निर्वाचन आचारसंहिता विपरीत अनुमति नलिएका सवारी साधन प्रयोग गर्नुका साथै तोकिए भन्दा बढी सवारीसाधन प्रयोग गर्दै आएका छन् । जिल्लामा अनुगमन र कारबाहीको प्रक्रिया फितलो हुँदा उम्मेदवारहरुले आचारसंहिता मिचेर सवारी साधन प्रयोग गर्दै आएका छन् ।

मुख्य निर्वाचन अधिकृत पाण्डेले आफू कहाँ कुनै पनि लिखित उजुरी नआएका कारण कारबाही गर्न नसकिएको बताउनु भयो ।
निर्वाचन आयोगले दल तथा उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनिवार्य रुपमा सवारी अनुमति पत्र लिनुपर्ने जनाएको छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP