२०७९ चैत्र १५
March 29, 2023, Wednesday

डोटीका राजनीतिक दलहरु अनुमति बिनाका सवारी साधन प्रयोग गर्दै

दिपायल -डोटीका राजनीतिक दलहरुले सवारी अनुमति नलिएरै प्रचार प्रसारमा सवारीसाधन प्रयोग गर्दै आएका छन् । निर्वाचन प्रचार प्रसारका लागि प्रयोग गर्ने सवारी साधनको अनिवार्य रुपमा सवारी अनुमति लिनु पर्ने भए पनि दलहरुले आचारसंहिता विपरीत सवारी साधन प्रयोग गर्दै आएका हुन्।

Advertisement

मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार जिल्लामा रहेका दलहरु मध्य राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै प्रचार प्रसारका लागि सवारी अनुमति लिएको छ । जिल्ला निर्वाचन कार्यालयले दिपायलमा आयोजना गरेको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत पाण्ड्येले उम्मेदवार र दलहरुले अनुमति बिना सवारी साधन प्रयोग गर्दै आएको बताउनु भयो ।

Advertisement

“निर्वाचन प्रचार प्रसारमा प्रयोग हुने सवारी साधनको अनिवार्य अनुमति लिनु पर्ने व्यवस्था छ,”मुख्य निर्वाचन अधिकृत पाण्डेले भन्नु भयो,”एकजना उम्मेदवारले दुई वटा सवारी साधनहरु मात्रै प्रयोग गर्न पाउँछन् तर डोटीमा राप्रपा बाहेक कुनै पनि दलका उम्मेदवारले सवारी अनुमति लिएको पाइँदैन । अनुमति बिना प्रयोग भएका सवारी साधनहरू जफत गर्ने सम्मको निर्देशन छ ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमलाले अनुमति बिना प्रयोग भएका सवारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढेको बताउनु भयो । अनुमति बिना प्रचार प्रसारमा प्रयोग भएका चार वटा सवारी साधनलाई नियन्त्रणमा लिएर सम्झाइ बुझाइ गरेको र अर्को पटक भेटिए जफत गरिने उहाँले बताउनु भयो ।

डोटीका उम्मेदवार तथा दलहरुले निर्वाचन आचारसंहिता विपरीत अनुमति नलिएका सवारी साधन प्रयोग गर्नुका साथै तोकिए भन्दा बढी सवारीसाधन प्रयोग गर्दै आएका छन् । जिल्लामा अनुगमन र कारबाहीको प्रक्रिया फितलो हुँदा उम्मेदवारहरुले आचारसंहिता मिचेर सवारी साधन प्रयोग गर्दै आएका छन् ।

मुख्य निर्वाचन अधिकृत पाण्डेले आफू कहाँ कुनै पनि लिखित उजुरी नआएका कारण कारबाही गर्न नसकिएको बताउनु भयो ।
निर्वाचन आयोगले दल तथा उम्मेदवारहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अनिवार्य रुपमा सवारी अनुमति पत्र लिनुपर्ने जनाएको छ ।

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ कार्तिक १९, शनिबार १४:१२

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ कार्तिक १९, शनिबार १४:१२

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ कार्तिक १९, शनिबार १४:१२

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP