२०८० मंसिर १५
December 1, 2023, Friday

को हुन् नरेन्द्र सिंह ?, यस्तो छ राजनीतिक पृष्ठभूमि

Advertisement

दिपायल– त्रिनगर निमाबिमा आदर्श गाउँपालिका तलारा डोटीका नरेन्द्र बहादुर सिंह धनगढी पढाइका लागि गएका थिए । ०३३ सालमा कक्षा ७ पढ्दा पढ्दै प्रजातन्त्रबादी सिंह लगायतका युवाहरुले कलिलै उमेरमा शहिद क्लव धनगढीमा स्थापना गरे । यो क्लवले पंञ्चायत बिरुद्ध बिधार्थीहरुलाई संगठीत गर्न त्यहाँ ठुलो भूमीका खेल्थ्यो । क्लब स्थापना गर्दा नरेन्द्र बहादुर सिंह, किशोर बम, पुस्करनाथ ओझा लगायतको टोलीले नेतृत्वदायी भूमीका खेलेको थियो ।

Advertisement

अहिले उनै नरेन्द्र बहादुर सिंह डोटी प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवारका रुपमा चुनावी मैदानमा छन् ।

क्लबमा संगठीत यूवाहरुहरुको जोश, जाँगर र सकृय भूमीका देखेर नेपाली कांग्रेसका नेता सुरेश मल्ल र डिल्लीराज पन्तले नेबिसंघमा आवद्ध हुन प्रेरित गरे । मल्ल र पन्तकै उत्प्रेरणाले नेबिसंघमा आवद्ध भइ बहुदलिय ब्यवस्थाका पक्षमा जनमत संग्रहका लागि सिंह लगायतको टोली खटियो । शहिद क्लबका यूवाहरुको क्रियाशिलताले धनगढीमा आन्दोलनले तुफानको रुप लियो ।

सिंह आन्दोलनमा पटक पटक बन्दी बने । प्रहरीको कुटपीटमा समेत परे । पंञ्चायत सरकारको दमन, धरपकडका बाबजुत पनि शहिद क्लवका यूवाहरुको दबदबाले पंञ्चायत समर्थकहरुलाई प्रबेश निषेध नै गर्न सफल भए । जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंह नेबिसंघमा आवद्ध शहिद क्लबका युवाको चर्चा कांग्रेसबृतमा अहिलेपनि स्मरणयोग्य रहेको बताउँछन् । पंञ्चायत समर्थक युवाहरुलाई शहिद क्लबका यूवाहरुले धनगढीको मुख्य बजारमा प्रबेश निषेध नै गरेर काउन्टर दिएको कुरा कांग्रेसबृतमा अहिलेपनि चर्चामा रहेको लक्ष्मण सिंह सुनाउँछन् । नेबिसंघको राजनितीसंगै ०३४ सालमा नरेन्द्र सिंह लगायतका युवाहरुले पार्टीको क्रियाशिल सदस्यता प्राप्त गरे । बहुदलिय ब्यवस्थाका पक्षमा पार्टीको सकृय राजनिती ०३४ सालबाट प्रारम्भ गरेको सिंह भन्छन् ।

राजा महेन्द्रले सुरू गरेको दलविहीन पञ्चायती व्यवस्थाको चौतर्फी विरोध भएपछि नेपालमा बहुदल वा तत्कालिन शासनरत पञ्चायती व्यवस्था मान्ने भनेर जनमत संग्रह गर्ने घोषणा भयो । तात्कालिक राजा बीरेन्द्रले वि. सं. २०३६ साल जेठ १० गते जनमत संग्रहको घोषणा गरेका थिए । ०३७ बैशाख २० गते जनमत संग्रहका लागि मतदान भएको थियो ।

अध्ययनका क्रममा सिंहले प्रबिण तह कैलाली बहुमुखि क्याम्पसबाट गरे । उनी कैलाली बहुमुखि क्याम्पसकमा आइकम पढ्ने पहिलो व्याच हुन् । कैलाली बहुमुखि क्याम्पसमा समेत उनले प्रजातन्त्रका पक्षमा नेबिसंघलाई अगाढी बढाउन संघर्ष गरे ।

भारतबाट बि.कम. गरेका सिंहले एम.बि.ए.बाट स्नाकोत्तर भने त्रिभूवन बिश्व बिद्यालयबाट पुरा गरे । नम्र स्वभाव तथा प्रष्ट बक्ता रहेका सिंह ०४६ को जनआन्दोलनमा पटक पटक जेलजीवन बिताए । कठिन संघर्ष र पार्टीभित्रको लामो सहयात्रा गर्दै ०४८ सालको झापामा सम्पन्न सातौं महाधिबेशनबाट १३ औं महाधिबेशन सम्म निरन्तर महाधिबेशन प्रतिनिधी र महासमिति सदस्य हुँदै आएका छन् ।

संगैका राजनैतिक सहकर्मी र सहपाठीहरुले पटक पटक लाभको पद पाएपनि सिंह भने सधै बञ्चित रहे । महाधिबेशन प्रतिनिधीबाहेक पार्टीमा समेत कुनै कार्यकारी जिम्मेवारी पाएनन् । यद्यपी धैर्य साथ राजनितीमा संयम भएर बसे । राजनितीमा जतिसुकै उतारचढाव भएपनि पार्टीभित्र इमान्दारिता दर्शाए । राजनैतिक संघर्षबाट पछि हटेनन् । इमानदारीपूर्वक हरेक निर्वाचनमा अबिचलीत भइ खटिए । राजनैतिक जीवनमा कहिल्यै बिबादित नबनेका सिंह नेपाली राजनितीमा देखिएको आर्थिक अनियमीतता तथा भ्रष्टाचारबाट टाढै बसे ।

नरेन्द्र सिंहको त्याग र समर्पणबारे कांग्रेस नेता यज्ञराज पाठक सधै ०४९ सालमा पहिलो पटक स्थानीय निकायहरुको निर्वाचन सम्झन्छन् । डोटीका ५२ गाबिसबाट निर्वाचित गाबिस अध्यक्षहरुमध्य ४३ जनाले नरेन्द्र सिंहलाई जिल्ला सभापतिमा समर्थन गरे । तर पार्टीले उनलाई साथ दिएन । उनी सभापतिबाट बञ्चित रहे । बहुमतले समर्थन गर्दागर्दै पनि पद गुम्दा नरेन्द्र सिंह हिमाल झै अटल रहेर पार्टीभित्र लागिरहेको पाठक बताउँछन् । सो घटनाको प्रसंग झिक्दै तत्कालिन मुडभरा गाबिस अध्यक्ष सीताराम जोशी सिंहको राजनैतिक इमानदारीता र धैर्यताको प्रसंशा गर्छन् ।

पार्टीभित्रको आन्तरिक संघर्षबाट खारिएका सिंह ०७८ सालमा सम्पन्न १४ औं महाधिबेशनबाट मात्रै नेपाली कांग्रेस डोटीको सभापतिमा निर्वाचीत भए । उनको नेतृत्वमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस डोटीले ९ मध्य ७ पालिकामा बहुमत ल्याउनुका साथै एउटा पालिकामा थप उपाध्यक्ष जित्यो । ऐतिहासिक जीत दिलाउन सफल भएका नरेन्द्र सिंह टिकट बितरण र निर्वाचन व्यवस्थापनमा आफुले देखाएको कुशलता, कांग्रेसका नेताकार्यकर्ता एक ढिक्का भएकाले डोटी कांग्रेसको किल्ला बनेको बताउँछन् । केही ठाउँमा देखिएको टिकट बितरणमा देखिएको कमजोरीबाहेक आफुले पार्टीलाई सशक्त बनाएको बताउँछन् ।

सभापति भएलगत्तै उनले सिलगढी स्थित पार्टी कार्यालयलाई व्यवस्थित पारे । आफुपनि कार्यालय मै बसे । कार्यकर्ताहरुका लागि समेत आवासको ब्यवस्था गरे । पार्टीको नियमीत बैठक चलाइरहेका छन् ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनताको हितमा आफु खटिने उनको प्रतिबद्धता छ । भौतिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा इमानदारीपूर्वक पालिकातहबाट आएका योजनाहरुमा काम गर्ने योजना रहेको सिंहले बताए । सबै गाउँहरुलाई सडक संञ्जालमा जोडी सडक स्तरोन्नती गर्नुका साथै मुख्य ग्रामिण सडकहरुलाई कालोपत्रे गरिने सिंहले बताए । उनी हरेक पालिकामा एमबिबिएस डाक्टर प्रदेश सरकारले खटाउने गरि निती बनाउने, पूर्वीचौकी गाउँपालिका, दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकालाई व्यवस्थित शहर बनाउन बिशेष प्याकेट ल्याइने बताउँछन् । दिपायल र सिलगढीलाई भने शैक्षिक हबका रुपमा बनाउन प्रादेशिकस्तरका विभिन्न प्राबिधीक बिषय ल्याउने उनको योजना छ । त्यसले प्रदेश राजधानी गुम्दाको क्षतीलाई न्यूकरण हुने आशा छ ।

चुनावको मुखमा आएर विपक्षीले उनलाई पुरानो पुस्ता भनेर आरोप लगाउने गरेका छन् । युवालाई मत दिनुपर्ने तर्क गर्दै विपक्षीले मत मागिरहेका छन् । नेपाली कांग्रेसका कार्यबाहक सभापति नारायण जोशी भने सिंहलाई अनुभवले निखारिएका नयाँ अनुहार भनेर चिनाउन रुचाउँछन् । उमेरले युवा भएको भन्दापनि जोश , जाँगर र इच्छाशक्ति भएको नरेन्द्र सिंह राजनैतिक क्षेत्रका लागि अहिले आवश्यक युवा हो जोशीको भनाइ छ । जमानामा स्नाकोत्तर गरेका सिंहमा बिकास पनि निरन्तर राजनितीमा अबिचलित भइ सकृय रहनुले पनि उनमा जनताको सेवा गर्ने चाहना उत्कट रहेको नेपाली कांग्रेसका जिल्ला सचिव गणेश खड्का बताउँछन् ।

बोलेर , स्वार्थका लागि मतदाताको खुट्टा ढोग्ने जस्ता ढोंग गर्न मन नपराउने उनी बताउँछन् । जनतालाई मनलाई सम्मान गर्छु पर्छ उनको भनाइ छ । अन्यबेला उपभोक्ता समितिहरुमा समेत ¥याल काढ्ने, विभिन्न अनुदान र बजेटमा कमिसन माग्ने, सर्वसाधारणलाई ठाडो र अपाच्य शव्दको प्रयोग गरि अपहेलना गर्ने जस्ता प्रबृति आफ्नो नरहेको सिंहले बताए ।

Related News

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ कार्तिक २१, सोमबार १६:४१

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ कार्तिक २१, सोमबार १६:४१

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
  • २०७९ कार्तिक २१, सोमबार १६:४१

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको...

TOP