Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ८
September 24, 2026, Thursday

प्रचण्डको उम्मेदवारी रोक्न माग गर्दै सर्वोच्चमा रिट

Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मंसिर ४ मा हुने प्रतिनिधिसभाको उम्मेदवार हुनबाट रोक्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ। कात्तिक २० मा पेस भएको रिट सर्वोच्च प्रशासनले अध्ययन गरिरहेको जनाएको छ।

Advertisement

अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले दायर गरेको रिटमा प्रचण्डले १० वर्षसम्म चालेको द्वन्द्वमा ज्यान गुमाएकामध्ये ५ हजारको जिम्मेवारी आफूले लिने अभिव्यक्ति दिएको र उनीमाथि कर्तव्य ज्यानमा अनुसन्धान हुनुपर्ने भएकाले जनताको प्रतिनिधि हुन नमिल्ने जिकिर रिटमा गरिएको छ। सर्वोच्च प्रशासनले भने निर्वाचन नजिकै आएको उक्त रिट दर्ता गर्ने आधार नभेटिएको भन्दै दरपिठ गर्ने तयारी गरेको छ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले प्रचण्डलाई उम्मेदवार हुन रोक लगाउने खालको रिट आएको र सो अध्ययनका क्रममा रहेको बताए। अध्ययनपछि दर्ता वा दरपिठ के गर्ने निर्णय हुने उनले बताए।

रिट हाल्ने आरण द्वन्द्वपीडित हुन्। ओखलढुङ्गाका आरणले द्वन्द्वकालमा आफ्ना पिता गुमाएका थिए। द्वन्द्वकालको सबै नेतृत्व प्रचण्डले गरेको बताउँदै आरणले द्वन्द्वको समयमा मानव अधिकार हननको आरोप लागेका उनीसहित अन्य सम्पूर्ण व्यक्तिले निर्वाचनमा उम्मेदवार हुन रोक्नुपर्ने दाबी गर्दै रिट हालेका हुन्।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP