२०८३ जेष्ठ २८
June 11, 2026, Thursday

संसद् विघटन हुनुकाे कारण प्रचण्ड हुन् : ओली

Advertisement

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनादेशको अनादर गरेपछि संसद् विघटन गर्नुपरेको दाबी गरेका छन्।
सोमबार (आज) पोखरामा आयोजित एमाले बृहत् अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्।

Advertisement

‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ। प्रचण्डले त्यसलाई अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बनेको हो,’ ओलीले भने ।

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले अदालत पुगेर सरकार खोस्ने, बनाउने काम गरेकाले संविधानको धज्जी उडाएको बताए।

उनले भने, ‘मलाई संविधान मासेको आरोप लगाइएको छ। तर संविधान मास्ने काम शेरबहादुरजीकै नेतृत्वमा भयो ।’ गठबन्धनले सर्भेका नाममा एमाले काँग्रेसको हाराहारी मात्रै छ भनेर भ्रम फैलाएको ओलीले आक्षेप लगाए।

ओलीले भने, ‘आगामी चुनावमा काँग्रेस र एमालेले हाराहारी सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको छ। विभिन्न सर्भेका नाममा यस्तो भ्रमपूर्ण प्रचार भइरहेको छ ।’

ओलीले आगामी चुनावमा एमाले काँग्रेसभन्दा धेरै अगाडि पुग्ने दाबी गरे। एमालेले एकल बहुमत ल्याएर बहुमतकै सरकार बनाउने उद्घोष उनले गरे।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP