२०७९ चैत्र १६
March 30, 2023, Thursday

संसद् विघटन हुनुकाे कारण प्रचण्ड हुन् : ओली

Advertisement

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनादेशको अनादर गरेपछि संसद् विघटन गर्नुपरेको दाबी गरेका छन्।
सोमबार (आज) पोखरामा आयोजित एमाले बृहत् अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले उक्त आरोप लगाएका हुन्।

Advertisement

‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ। प्रचण्डले त्यसलाई अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बनेको हो,’ ओलीले भने ।

उनले शेरबहादुर देउवा नेतृत्वको सरकारले अदालत पुगेर सरकार खोस्ने, बनाउने काम गरेकाले संविधानको धज्जी उडाएको बताए।

उनले भने, ‘मलाई संविधान मासेको आरोप लगाइएको छ। तर संविधान मास्ने काम शेरबहादुरजीकै नेतृत्वमा भयो ।’ गठबन्धनले सर्भेका नाममा एमाले काँग्रेसको हाराहारी मात्रै छ भनेर भ्रम फैलाएको ओलीले आक्षेप लगाए।

ओलीले भने, ‘आगामी चुनावमा काँग्रेस र एमालेले हाराहारी सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको छ। विभिन्न सर्भेका नाममा यस्तो भ्रमपूर्ण प्रचार भइरहेको छ ।’

ओलीले आगामी चुनावमा एमाले काँग्रेसभन्दा धेरै अगाडि पुग्ने दाबी गरे। एमालेले एकल बहुमत ल्याएर बहुमतकै सरकार बनाउने उद्घोष उनले गरे।

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ कार्तिक २१, सोमबार १७:०६

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ कार्तिक २१, सोमबार १७:०६

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ कार्तिक २१, सोमबार १७:०६

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP