Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १७
November 2, 2026, Monday

ओली प्रतिगमनका नाइके हुन् : बलायर


अत्तरिया– नेपाली कांग्रेसका प्रदेश सभापति तथा कैलाली क्षेत्र नम्बर ४ मा बाम–लोकतान्त्रिक गठबन्धनकातर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार वीरबहादुर बलायरले केपी ओली प्रतिगमनका नाइके भएको बताएका छन् । गोदावरी नगरपालिका वडा नम्बर ३ मालाखेतीमा भएको मतदाता भेटघाटका क्रममा बोल्दै नेता बलायरले सो कुरा बताएका हुन् ।

Advertisement


मध्यराति राष्ट्रपतिलाई व्युँझाएर संविधानको हत्या गर्न खोजेको बताउँदै उनले भने,‘ओलीले दुई दुई पटक जनताले मत दिएर पठाएको संसद भंग गरे ।’ आफूलाई राष्ट्रवादी ठान्ने केपी ओली प्रवृत्तिका विरुद्धमा मंसिर ४ मा जनताले मत जाहेर गरेर देखाइदिने पनि उनले बताए । ‘अब ओली प्रवृत्तिका विरुद्धमा जनताले मंसिर ४ मा लोकतान्त्रिक–बाम गठबन्धनलाई मत जाहेर गरेर देखाइदिने छन् ।’

Advertisement


कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट जितेर गएको दुई वर्षभित्रै आफूले क्षेत्र नम्बर ४ कै ३० वटै वडामा एम्बुलेन्स सेवा प्रदान गर्ने बताए । उनले भने,‘म पहिलो प्राथमिकतामा सबै वडामा एम्बुलेन्स सेवा प्रदान गर्नेछु ।’ यसका साथै आफ्नो महत्वपूर्ण काम भनेको चौमाला–खैराला सडक, खुटिया–दिपायल फाष्ट ट्रयाक र चौकीडाँडा–फल्टुँडे सडकलाई निर्माण गर्ने भएको उनले बताए । उनले भने,‘चौमाला–खैराला सडक, खुटिया–दिपायल फाष्ट ट्रयाक र चौकीडाँडा–फल्टुँडे सडक चाँडै बनाउन सकिएमा धेरै ठूलो उपलब्धि हुने थियो, त्यसका लागि म लाग्नेछु ।’


लेखराज भट्टले स्याउले फाष्ट ट्रयाक सडकमा विर्को लगाएको बताउँदै नेता बलायरले भने,‘फाष्ट ट्रयाकको लागि मैले डोटीमा घोक्रो चिरेर कराई केन्द्रमा हाले, बीपीनगरमा अफिस खोले, तर सडकको गति सर्दै सरेन,के भयो भनेको त लेखराज दाइले स्याउलेमै बिर्को लगाइ दिएका रहेछन् ।’


अब आफूले त्यो बिर्को खोलेर सडकलाई दिपायल पुगाउने बताए । ‘अब म त्यो बिर्कोलाई खोल्नका लागि आइहालेको छु,’ उनले भने,‘पहिले मैले डोटीमा फाष्ट ट्रयाक ल्याउछु भन्थे, तर अब म यहाँबाट डोटीमा फाष्ट ट्रयाक पठाउँछु ।’

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP