दिपायल – डोटीमा भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो ।
पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार भत्किएको घरमा च्यापिएको अवस्थामा एक महिला र दुई बालबालिका गरी तीन जनाको शव भेटिएको छ । उनीहरूको सनाखत हुन बाँकी छ । अहिले अन्य घाइतेको उद्दार जारी रहेको उपाध्यायले बताए ।
नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारको काम गरिरहेका छन् ।
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएको ५.७ म्याग्निच्युटको भूकम्प मंगलबार राती ९ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। त्यस्तै बुधबार बिहान २ बजेर १३ मिनेटमा बझाङको सोही ठाउँ केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।
सुदूरपश्चिममा पाँच घण्टाको अन्तरालमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।
घरमा सुतिरहेको अवस्थामा बिहानको भूकम्पका कारण घरहरू भत्किएर मानवीय क्षति भएको हो ।
घर भत्किएर मानवीय क्षति भएको खबर प्राप्त भए पनि पूर्ण विवरण आउन नसकेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भएको छ ।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...