२०८३ बैशाख १७
April 30, 2026, Thursday

डोटीमा भूकम्पले घर भत्किदा तीन जनाको मृत्यु



दिपायल – डोटीमा भूकम्पमा परी तीन जनाको मृत्यु भएको छ । जिल्लाको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो ।

Advertisement


पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार भत्किएको घरमा च्यापिएको अवस्थामा एक महिला र दुई बालबालिका गरी तीन जनाको शव भेटिएको छ । उनीहरूको सनाखत हुन बाँकी छ । अहिले अन्य घाइतेको उद्दार जारी रहेको उपाध्यायले बताए ।

Advertisement

नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले उद्धारको काम गरिरहेका छन् ।

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएको ५.७ म्याग्निच्युटको भूकम्प मंगलबार राती ९ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। त्यस्तै बुधबार बिहान २ बजेर १३ मिनेटमा बझाङको सोही ठाउँ केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो ।

सुदूरपश्चिममा पाँच घण्टाको अन्तरालमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।

घरमा सुतिरहेको अवस्थामा बिहानको भूकम्पका कारण घरहरू भत्किएर मानवीय क्षति भएको हो ।

घर भत्किएर मानवीय क्षति भएको खबर प्राप्त भए पनि पूर्ण विवरण आउन नसकेको डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनु भएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ कार्तिक २३, बुधबार ०४:०७

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ कार्तिक २३, बुधबार ०४:०७

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ कार्तिक २३, बुधबार ०४:०७

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP