२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

डोटी भूकम्प अपडेट : ७ जना घाइतेको उद्धार , ६ को मृत्यु



दिपायल – डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

इलाका प्रहरी कार्यालय सानागाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयन सिंह भाटका अनुसार पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीय सीता बोहरा, ४० वर्षीय बगबती बोहरा, ८ वर्षीय हरक बोहरा, १४ वर्षीय धनसरी बोहरा र १४ वर्षीय तुल्सी बोहरा रहेका छन् ।

Advertisement

सोही ठाउँका इन्नरी देवी बोहरा, धौली बोहरा, विस्ना देवी बोहरा, थाना बोहरा, महावीर बोहरा, केशर सिंह बोहरा र जगु देवी बोहरा घाइते भएको प्रहरी सहायक निरीक्षक भाटले जानकारी दिनु भयो । भुकम्पले सो गाउँका ८ घरमा पुर्ण रुपमा क्षति गरेको उहाँले बताउनु भयो ।

मंगलबार बिहान २ बजेर १२ मिनेटमा गएकाे ६.६ म्याग्निच्युटको भूकम्पले ग्रामीण भेगका दर्जनाै घरहरू भत्किएका छन् । जिल्लाको सायल गाउँपालिकामा पनि भौतिक क्षति भएको जनाइएको छ ।

घाइतेको उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भाेला भट्टले जानकारी दिनु भयो । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाकाे टाेली घटनास्थल पुगिसकेकाे र स्थानीय सहितकाे टाेलिले उद्धार गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरहरू भत्किएका छन्, स्थानीय त्रसित देखिएका छन् ।

त्यस अघि पनि राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रविन्दु बनाएर ५.७ म्याग्निच्युडकाे भूकम्प गएकाे भूकम्प मापन केन्द्रले जनाएकाे छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी ७ पटक भूकम्पको झट्का गएकाे थियाे ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ कार्तिक २३, बुधबार ०६:५५

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ कार्तिक २३, बुधबार ०६:५५

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ कार्तिक २३, बुधबार ०६:५५

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP