
कैलाली – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले डोटीको पूर्वीचौकीमा भूकम्पले पु-याएको क्षति प्रति दुःख व्यक्त गरेका छन् । चुनावी अभियानका क्रममा कैलालीमा रहेका बलायरले अप्रिय घटानप्रती दुःख व्यक्त गरेका हुन् ।
सभापति बलायरले भूकम्पबाट भएको जन, धन र भौतिक क्षतिले आफूलाई अत्यन्त दुःखी बनाएको जनाउँदै घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । घाइतेको स्वास्थ्य लाभको कामना गर्दै उनले डोटीमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई भूकम्प पीडितको उद्धार, स्वास्थ्य उपचार, राहत र पुनःस्थापना कार्यमा जुट्न आग्रह गरेका छन् ।
योसँगै बलायरले भूकम्प पीडित जनता, ज्यान गुमाउने परिवारका सदस्यहरूलाई तत्काल राहतको बन्दोबस्त गर्न र घाइतेहरुको उपचारमा सहयोग गर्न तीनै तहका सरकारसँग अनुरोध गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...