Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन २२
October 8, 2026, Thursday

भूकम्पले पु-याएको क्षतिप्रति बलायरद्वारा दुःख व्यक्त, उद्धार र राहतमा जुट्न आग्रह


कैलाली – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति वीर बहादुर बलायरले डोटीको पूर्वीचौकीमा भूकम्पले पु-याएको क्षति प्रति दुःख व्यक्त गरेका छन् । चुनावी अभियानका क्रममा कैलालीमा रहेका बलायरले अप्रिय घटानप्रती दुःख व्यक्त गरेका हुन् ।

Advertisement

सभापति बलायरले भूकम्पबाट भएको जन, धन र भौतिक क्षतिले आफूलाई अत्यन्त दुःखी बनाएको जनाउँदै घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । घाइतेको स्वास्थ्य लाभको कामना गर्दै उनले डोटीमा रहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई भूकम्प पीडितको उद्धार, स्वास्थ्य उपचार, राहत र पुनःस्थापना कार्यमा जुट्न आग्रह गरेका छन् ।

Advertisement

योसँगै बलायरले भूकम्प पीडित जनता, ज्यान गुमाउने परिवारका सदस्यहरूलाई तत्काल राहतको बन्दोबस्त गर्न र घाइतेहरुको उपचारमा सहयोग गर्न तीनै तहका सरकारसँग अनुरोध गरेका छन् ।

Related News

पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
पत्रकार धौलागिरि र शर्माका पाँच पुस्तक सार्वजनिक
  • २०८३ आश्विन २०, मंगलवार १०:२५

म्याग्दीका पत्रकार विनोद धौलागिरि, प्रमोद शर्मा र अर्जुनप्रसाद दहालद्वारा लिखित पाँच पुस्तक  सार्वजनिक भएका छन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजित...

म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
म्याग्दीमा पहिराेमा परी ७ जनाको मृत्यु, २ बेपत्ता, १०६ जनाको हेलिकप्टरबाट उद्धार
  • २०८३ आश्विन १२, सोमबार १५:३६

असोज ८ गते शुक्रबार बेलुकादेखि ११ गते दिउँसेसम्म परेको अविरल वर्षापछि अएके बाढी र पहिरोमा परी विभिन्न स्थानमा गरी ७...

बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
बाढीपहिरोले बागलुङमा ५९ घर पूर्ण क्षतिग्रस्त
  • २०८३ आश्विन १२, सोमबार १५:१८

बाढीपहिरोका कारण बागलुङका विभिन्न स्थानीय तहमा ५९ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ४४ घरमा आंशिक क्षति पुगेको छ...

TOP
Click to listen highlighted text!