
दिपायल – सुदूरपश्चिममा ४२ वर्षको अन्तरालमा ठूलो भूकम्प फर्किएको छ । २०३७ साउन १४ गते राति ८ बजेर ४३ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प पछि सुदुरपश्चिममा अर्को ठूलो भूकम्प गएको थिएन।
बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्प पश्चिम नेपालको चार दशक यताको सबैभन्दा ठूलो भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका भुकम्पबिद भरत कोइरालाले यो भूकम्प २०३७ साल पछिको पश्चिम नेपालको सबैभन्दा ठूलो भूकम्प रहेको बताए । त्यतिबेला बझाङमा केन्द बिन्दु बनाएर गएको भूकम्पले एकसय ७० जनाभन्दा धेरैको ज्यान गएको थियो । १० हजारभन्दा धेरै घर भत्किएका थिए ।
यस भन्दाअघि २०५३ मा गएको भूकम्प योभन्दा सानो थियो । १९९० सालपछि २०३७ मा पश्चिम नेपालमा ठूलो भुईँचालो गएको थियो ।
बुधबार गएको भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भूकम्पका कारण दर्जन बढी घरहरूमा क्षति पुगेको छ भने ९ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।
डोटी लगायत सुदुरपश्चिमका खप्तडसँग जोडिएका अन्य जिल्लाहरुमा पनि क्षति पुगेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...