२०७९ चैत्र १२
March 26, 2023, Sunday

सुदूरपश्चिममा ४२ वर्षपछि फर्कियो भूकम्प


दिपायल – सुदूरपश्चिममा ४२ वर्षको अन्तरालमा ठूलो भूकम्प फर्किएको छ । २०३७ साउन १४ गते राति ८ बजेर ४३ मिनेटमा बझाङ केन्द्र विन्दु बनाएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प पछि सुदुरपश्चिममा अर्को ठूलो भूकम्प गएको थिएन।

Advertisement

बुधबार बिहान २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जको खप्तड बाबाको आश्रम नजिकै केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्प पश्चिम नेपालको चार दशक यताको सबैभन्दा ठूलो भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंले जनाएको छ ।

Advertisement

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका भुकम्पबिद भरत कोइरालाले यो भूकम्प २०३७ साल पछिको पश्चिम नेपालको सबैभन्दा ठूलो भूकम्प रहेको बताए । त्यतिबेला बझाङमा केन्द बिन्दु बनाएर गएको भूकम्पले एकसय ७० जनाभन्दा धेरैको ज्यान गएको थियो । १० हजारभन्दा धेरै घर भत्किएका थिए ।

यस भन्दाअघि २०५३ मा गएको भूकम्प योभन्दा सानो थियो । १९९० सालपछि २०३७ मा पश्चिम नेपालमा ठूलो भुईँचालो गएको थियो ।
बुधबार गएको भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका – ३ गैरागाउँका ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । भूकम्पका कारण दर्जन बढी घरहरूमा क्षति पुगेको छ भने ९ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ ।

डोटी लगायत सुदुरपश्चिमका खप्तडसँग जोडिएका अन्य जिल्लाहरुमा पनि क्षति पुगेको छ ।

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ कार्तिक २३, बुधबार १७:१९

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ कार्तिक २३, बुधबार १७:१९

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
  • २०७९ कार्तिक २३, बुधबार १७:१९

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...

TOP