२०८२ असार २
June 16, 2025, Monday

समाजसेवी जोशीद्वारा भूकम्प पीडितलाई आर्थिक सहयोग

Advertisement

दिपायल – समाजसेवी भक्तराज जोशीले पूर्वीचौकीका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेका छन् । जोशीले बुधर गएको भूकम्पमा आफन्त गुमाएका ६ परिवारका सदस्यलाई किरिया खर्चका लागि नगद सहयोग गरेका हुन् ।

Advertisement

बिहानै घटना स्थलमा पुगेका जोशीले मृतकका आफन्तलाई भेटेर प्रति परिवार १० हजारका दरले ६० हजार नगर सहयोग गरेका हुन् । विगत देखिनै सामाजिक विभिन्न क्षेत्रमा क्रियाशील जोशीले विपतका समयमा समेत सहयोग गर्दै आएका छन् । उनी २०७२ सालको भूकम्प पीडितलाई समेत राहत र उद्धारमा खटिएका थिए ।

गरिबीको रेखामुनि रहेका जनताहरू आफ्नै पीडा, अभाव र समस्याले झेलिएका बेला एक्कासी आउने भूकम्प जस्ता विपतले झन् समस्यामा पार्ने गरेको जोशीले बताए । “उहाँहरूको जीवन नै जोखिममा रहेको समयमा मैले गरेको स्यानो सहयोगले ठूलो राहत त मिल्दैन होला,”उनले भने,”तत्कालका लागि समस्यामा परेका जनताहरूलाई थोरै सहयोग होस् र उहाँहरूको मनोबल उच्च रहोस् भन्ने उद्येश्यले सान्तोना दिन व्यक्तिगत सहयोग गरेको हुँ ।”

बुधर बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण गैरागाउँ छेद विच्छेद बनेको छ । सुतिरहेको अवस्थामा भूकम्पले घर भत्काउँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । भूकम्पका कारण सो गाउँका ९ वटा घर पूर्णरुपमा क्षति पुगेको छ भने दर्जन बढी घरहरू चर्किएका छन् ।

भूकम्पको झड्काका कारण डोटी लगायत सुदूरपश्चिमका जनताहरूलाई त्रास फैलिएको छ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ कार्तिक २३, बुधबार १८:२७

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ कार्तिक २३, बुधबार १८:२७

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ कार्तिक २३, बुधबार १८:२७

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP