२०८३ श्रावण ९
July 25, 2026, Saturday

समाजसेवी जोशीद्वारा भूकम्प पीडितलाई आर्थिक सहयोग

Advertisement

दिपायल – समाजसेवी भक्तराज जोशीले पूर्वीचौकीका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेका छन् । जोशीले बुधर गएको भूकम्पमा आफन्त गुमाएका ६ परिवारका सदस्यलाई किरिया खर्चका लागि नगद सहयोग गरेका हुन् ।

बिहानै घटना स्थलमा पुगेका जोशीले मृतकका आफन्तलाई भेटेर प्रति परिवार १० हजारका दरले ६० हजार नगर सहयोग गरेका हुन् । विगत देखिनै सामाजिक विभिन्न क्षेत्रमा क्रियाशील जोशीले विपतका समयमा समेत सहयोग गर्दै आएका छन् । उनी २०७२ सालको भूकम्प पीडितलाई समेत राहत र उद्धारमा खटिएका थिए ।

गरिबीको रेखामुनि रहेका जनताहरू आफ्नै पीडा, अभाव र समस्याले झेलिएका बेला एक्कासी आउने भूकम्प जस्ता विपतले झन् समस्यामा पार्ने गरेको जोशीले बताए । “उहाँहरूको जीवन नै जोखिममा रहेको समयमा मैले गरेको स्यानो सहयोगले ठूलो राहत त मिल्दैन होला,”उनले भने,”तत्कालका लागि समस्यामा परेका जनताहरूलाई थोरै सहयोग होस् र उहाँहरूको मनोबल उच्च रहोस् भन्ने उद्येश्यले सान्तोना दिन व्यक्तिगत सहयोग गरेको हुँ ।”

बुधर बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पका कारण गैरागाउँ छेद विच्छेद बनेको छ । सुतिरहेको अवस्थामा भूकम्पले घर भत्काउँदा ६ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । भूकम्पका कारण सो गाउँका ९ वटा घर पूर्णरुपमा क्षति पुगेको छ भने दर्जन बढी घरहरू चर्किएका छन् ।

भूकम्पको झड्काका कारण डोटी लगायत सुदूरपश्चिमका जनताहरूलाई त्रास फैलिएको छ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP