
दिपायल – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पश्चिम सेतीको काम नयाँ ढंगले अगाडी बढ्ने बताए । शनिबार दिपायलमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले लामो समय देखि चर्चामा रहेको उक्त परियोजनाको काम विभिन्न कारणले रोकिएको बताउँदै आफ्नो नेतृत्वमा सरकार बने काम अगाढी बढ्ने बताएका हुन् ।
“लामो समय चर्चामा रहेको पश्चिम सेतीको काम अगाडी बढ्न सकेन अध्यक्ष ओलीले भने,“एथार्थमा भन्नुपर्दा राजनीतिक कारणले काम अगाडी बढ्न सकेको थिएन । अब पश्चिम सेती छिट्टै बन्छ । हाम्रो नेतृत्वमा सरकार बन्यो भने नयाँ ढंगले काम अगाडी बढ्छ ।” आफ्नो कार्यकालमा पश्चिम सेतीको नामै नलिए पनि यस पटक उनले डोटी पुगरेर आश्वासन देखाएका हुन् ।
डोटी एतिहासिक भूमि भएको बताउँदै ओलीले यहाँको विकासमा विशेष प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे । उहाँले डोटीलाई विभिन्न नयाँ सडक मार्गसँग जोड्ने, आधुनिक कृषिका विशेष कार्यक्रम लागु गर्ने र शैक्षिक हवका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । यहाँको विकासका लागि खुटिया दिपायल द्रुत मार्ग, चाइनाको वाउड जोड्ने ताक्लाकोट सम्मको सडक विस्तारमा विशेष प्राथमिकता राख्ने उनले बताए ।
चार दशकसम्म चर्चामा रहेको पश्चिम सेती विगत देखि नै निर्वाचनमा सबै दलको प्रमुख अजेण्डा बन्ने गरेको छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्रले पनि पश्चिम सेती फाष्ट ट्रयाक र ताक्लाकोट सडकलाई प्रमुख चुनावी अजेण्डा बनाएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...