दिपायल – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पश्चिम सेतीको काम नयाँ ढंगले अगाडी बढ्ने बताए । शनिबार दिपायलमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले लामो समय देखि चर्चामा रहेको उक्त परियोजनाको काम विभिन्न कारणले रोकिएको बताउँदै आफ्नो नेतृत्वमा सरकार बने काम अगाढी बढ्ने बताएका हुन् ।
“लामो समय चर्चामा रहेको पश्चिम सेतीको काम अगाडी बढ्न सकेन अध्यक्ष ओलीले भने,“एथार्थमा भन्नुपर्दा राजनीतिक कारणले काम अगाडी बढ्न सकेको थिएन । अब पश्चिम सेती छिट्टै बन्छ । हाम्रो नेतृत्वमा सरकार बन्यो भने नयाँ ढंगले काम अगाडी बढ्छ ।” आफ्नो कार्यकालमा पश्चिम सेतीको नामै नलिए पनि यस पटक उनले डोटी पुगरेर आश्वासन देखाएका हुन् ।
डोटी एतिहासिक भूमि भएको बताउँदै ओलीले यहाँको विकासमा विशेष प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरे । उहाँले डोटीलाई विभिन्न नयाँ सडक मार्गसँग जोड्ने, आधुनिक कृषिका विशेष कार्यक्रम लागु गर्ने र शैक्षिक हवका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । यहाँको विकासका लागि खुटिया दिपायल द्रुत मार्ग, चाइनाको वाउड जोड्ने ताक्लाकोट सम्मको सडक विस्तारमा विशेष प्राथमिकता राख्ने उनले बताए ।
चार दशकसम्म चर्चामा रहेको पश्चिम सेती विगत देखि नै निर्वाचनमा सबै दलको प्रमुख अजेण्डा बन्ने गरेको छ । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजबादी र नेकपा माओवादी केन्द्रले पनि पश्चिम सेती फाष्ट ट्रयाक र ताक्लाकोट सडकलाई प्रमुख चुनावी अजेण्डा बनाएका छन् ।
FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...
FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...
FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...