दिपायल- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको बताएका छन्। डोटीको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गरेका छन्।
चुनावी आमसभलाई सम्बोधन गर्न दीपायल पुगेका ओलीले कांग्रेसका नेतालाई कैलाली झारेर अश्लील बोल्ने तथा पार्टी तथा जनताको विश्वासमाथि घात गर्ने व्यक्तिलाई उम्मेदवार बनाएकाले यसपटक डोटेलीले विचार पु¥याउन आग्रह गरेका हुन्।
उनले भने ‘मैले सही गरेर उम्मेदवारी दिएको व्यक्तिले डोटीको मात्रै बेइज्जत होइन सिङ्गै डोट्याली भाषा,सभ्यता र संस्कृतिको बेइज्जत गरे। सिङ्गै नेपाली जातिको अन्तर्राष्ट्रियस्तरमा बेइज्जत गरे। मन्त्रीको भाषा हेर्नुभयो र यस्तो मान्छे यसपटक फेरि खपडाहरू जोडेको पार्टी तथा सिन्का सान्कि चिन्ह लिएर उम्मेदवार बनेको सुनियो। त्यस्ता विश्वासघाती,पार्टीको माया नगर्ने, विकासको मतलब नभएको र सूर्य चिन्हमा तपाईँहरूले दिएको मत बेच्नेलाई जमानत जफत गराउनुस्।’
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...