दिपायल – शनिबार राति ८:१२ बजे गएकाे भूकम्पका कारण डाेटीमा फेरि क्षति भएकाे खबर आएकाे छ । बझाङको खप्तड छान्ना गाउँपालिकाको पाटादेवल केन्द्रबिन्दु बनाइ ५.४ म्याग्निच्युडको भूकम्प जाँदा डोटीमा ठुलाे त्रास फैलिएको छ।
यहाँका स्थानीयहरू घर बाहिर आगाे ताप्दै बसिरहेका छन्। गत मंगलबार राति गएको भूकम्पका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका गैरागाउँमा अहिले गएको भूकम्पले फेरि दुईवटा घर भत्किएको बताइएको छ।
अहिलेको भूकम्पका कारण सायल गाउँपालिकामा दुईवटा, पूर्विचौकी गाउँपालिकाको पोखरीमा समेत तीन वटा घरहरू भत्किएको जनाइएको छ। जिल्लाका अधिकांश ठाउँमा दर्जनौं घरहरू चर्किएका छन् ।
चिसो मौसम भएका कारण बालबालिकाहरूलाई काखमा च्यापेर यहाँका स्थानीय खुल्ला आकाशमा आगो ताप्दै बसिरहेका छन्।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...